Jilla Ban Notis

अन्नपुर्ण मोडल कलेजमा खेल संचालन

0 37

चैत्र १३

अन्नपुर्ण मोडल कलेज वुटवलले विद्यार्थीहरुमा शैक्षिक संगै खेलकुद विकास गर्ने भन्दै विभिन्न खेलहरु संचालन गरेको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न समुहमा विभाजन गरि भलिबल तथा क्रिकेट खेल संचालन गरेको शिक्षक अमृत लम्सालले जानकारी दिनुभयो ।

पठनपाठन संगै खेलकुद क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुठित गर्ने उद्देश्यका साथ समय समयमा विभिन्न खेलहरु संचालन गर्दै आइरहेको भाइस प्रिन्सीपल अरुण शहानीले बताउनुभयो ।

अन्नपुर्णमा अध्ययनरत विद्यार्थीहरुको लागी शैक्षिक कृयाकलापको अतिरिक्त खेलकुद साथै अन्य विधामा समेत विद्यार्थीहरुलाई प्रोत्साहित गर्दै आइरहेको प्रिन्सीपल अनिल शर्माले बताउनुभयो । कलेजमा स्नातकोत्तर तह सम्म पठनपाठन संचालन हुदै आइरहेको छ ।

 

Leave A Reply

Your email address will not be published.