Bardaghat Na pa

पारिवारिक निजि वन संघ नवलपरासीको ७ औ स्थापना दिवस कार्यक्रम सम्पन्न

67

रामु भुसाल
बर्दघाट,फागुन–२४
“समृद्धिको लागी हरियो वन नेपालको शान एक घर एक पारिवारिक निजि वन हाम्रो अभियान” भन्ने नारा सहित परिवारिक निजि वन संघ पश्चिम नवलपरासीको ७ औ स्थापना दिवस तथा परिच्यात्मक कार्यक्रम सोमबार चिसापानी सामुदायिक वन बर्दघाट २ को प्राङगणमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष होम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले वातावरणमा वनको भुमिका महत्वपुर्ण रहेको र मानव जिवन संग बोट बिरुवाको सम्बन्ध अपरिहार्य रहेको हुदा बोट बिरुवा संरक्षणमा सबै लाग्नु पर्ने बताउदै राष्टिय वन र सामुदायिक वनको मात्र भर नपरि आप्नो खाली जमिन वा सार्वजनिक जमिनमा बोट बिरुवा लगाउन अनुरोध गर्नुभयो ।
परिवारिक निजि वन को स्थापना भएको ७ औ बर्ष मा प्रेबश भएको अवसर पारी ७ ओटा मैनबत्ति बाली कार्यक्रमको उद्घाटन गरिएको थियो ।
सो अवसरमा जिल्लाकाविभिन्न पालिका मा गठित पिारिवारिक निजि वन संघका पदाधिकारीहरुले आ आफ्ना समस्या चुनौती र समाधान का बारेमा अन्तरक्रिया समेत गरिएको थियो ।संघका पदाधिकारी लगायतको उपस्थििति रहेको कार्यक्रम को संचालन सचिव गिरधारी प्रसाद कोहारले गर्नु भएको थियो ।