sunwal

जेसीज सुनवल पश्चिम नवलपरासीको ९ औं पदस्थापन सम्पन्न ।

110

रमेश भुसाल

सुनवल,फागुन –१
जेसीज सुनवल पश्चिम नवलपरासीको ९ औं पद हस्तान्तरण समारोह शुक्रवार सम्पन्न भएको छ । सुनवल जेसिजका बर्ष २० का अध्यक्ष उत्सव पौडेलले बर्ष २१ का लागि निर्वाचित अध्यक्ष बासुदेव पौडेललाई पद हस्तान्तरण गर्नुभएको हो ।

समारोहका प्रमुख अतिथि सुनवल नगरपालिकाका प्रमुख भिम वहादुर थापाले बर्ष २० ले प्रकाशन गरेको शुभारम्भ २०२० विमोचन गर्दै जेसिज प्रतिको आस्ता साथै प्रतिवद्धतालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । युवाले नै समाजको परिर्वतनमा ठुलो भुमिका खेल्ने भन्दै युवाहरुको साथमा सुनवल नगरपालिका रहेको नगरप्रमुख थापाले बताउनुभयो ।

पदहस्तान्तरण समारोहमा जेसिआई सेनेटर विजय गुरुङ, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, सुनवल जेसिजको भगेनि संस्था गोरखा जेसिजका बर्ष २१ का अध्यक्ष प्रविन वस्नेत, रामग्राम महिला जेसिजका बर्ष २१ का अध्यक्ष पुष्पा लामा, पुर्व सुनवल जेसिज अध्यक्षहरु रमेश कर्माचार्य, जिवन पौडेल, ममता पौडेल लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

पदस्थापन समारोहमा बर्ष २० का अध्यक्ष उत्सब पौडेलबाट बर्ष २१ का अध्यक्ष बासुदेवि पौडेलले सपथ लिनुभएको थियो भने बर्ष २१ का अन्य पदाधिकारीहरुले अध्यक्ष पौडेलबाट सपथ लिनुभएको थियो ।