Jilla Ban Notis

नवलपरासी जिल्लाका संस्थागत विद्यालयहरु तीन दिनका लागि वन्द

0 18

माधब प्रसाद घिमिरे
बर्दघाट,माघ ४
नवलपरासीमा जाडो बढेसगै निजी तथा संस्थागत विधालयहरु तिन दिनका लागि बन्द भएका छन । जाडोका कारण विधार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना भएको भन्दै जिल्लाका संस्थागत विद्यालयहरु तीन दिनका लागि वन्द गरीएको प्याव्सन नपलपरासीका अध्यक्ष इन्द्र बहादुर गुरुङले बताउनु भएको छ ।

शनिवार भएको प्याब्सन जिल्ला समितिको भर्जुअल बैठकले आईतवार सोमवार र मंगलववारका लागि विद्यालयहरु वन्द गर्ने निर्णयभएको अध्यक्ष गुरुङले बताउनु भयो ।
यता
अनेरास्ववियूका जिल्ला संयोजक सुशान्त घिमिरेल निजी तथा सस्थागत विद्यालयहरुले गरेको निर्णय उचीत रहेको भन्दै सामुदायिक विधालयहरुले पनि मौसम अनुकुल भएकाले केहि दिन बन्दगर्न सामाजिक सञ्जालबाट आहावन गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.