Jilla Ban Notis

बर्दघाट–२,चिसापानीमा अन्तरवडा जिल्ला स्तरीय भलिवल प्रतियोगिता शुरु।

0 42

कृष्ण ढकाल
बर्दघाट,पुष–२७
बर्दघाट–२,चिसापानीको ब्लक नं. ३ मा अन्तरवडा जिल्ला स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । सोमवार संविद्यान सभा सदस्य सिन्धु जलेसाले प्रतियोगिताको संमुद्घाटन गर्नु भएको छ ।
प्रतियोगिताको समुद्घाटन गर्दै नेतृ जलेसाले अब युवाहरु संगठीत भएर समाजका हरेक विकास निमार्णमा लाग्ने वेला एको बताउनु भएको थियो । त्यसैगरी उहांले पछिल्लो समयमा वैदेशिक रोजागरमा गएका युवाहरु पनि स्वदेशमा फर्केर स्वरोजगारी तर्फ आकर्षीत भैरहेको बताउदै सबै युवाहरु रोजगारीसंगै समाज परिवर्तन र विकासका लागि एकढिक्का हुन जरुरी रहेकोमा जोड यिदनु भएको थियो ।

समाजका कुनै पनि कामहरु गर्दा कुनै जात,जाती,धर्म,वर्ग वा पार्टीको नभनी सबै मिलेर काम गरे समाजको बिकास हुने र समाजको विकास हुदां हामी सबैको विकास हुने भएकाले अब एकभएर काम गर्ने बेला आएको बताउनु भएको थियो ।

शान्ति ज्योती विकास प्रतिष्ठानका अध्यक्ष गणेश नेपालीको अध्यक्षता र संविद्यान सभा सदस्य सिन्धु जलेसाको प्रमुख आतिथ्यतामा भएको भलिवल प्रतियोगिता समुद्घाटन कार्यक्रममा
स्थानिय जनप्रतिनिधि कृष्ण पाण्डे,लक्षमण क्षेत्री,सुबोध जागृत बुढाथोकी,यम बहादुर थापा,राजकुमार श्रेष्ठ लगाएतले आ–आफ्ना भनााईहरु राख्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य टूक बहादुर के.सी र संचालन राजेन्द्र वस्नेतले गर्नुभएको थियो ।

माधेसंक्रान्तीको अवसर पारेर आयोजना गरीएको अन्तरवडा जिल्ला स्तरीय भलिवल प्रतियोगितामा २१ टिमले सहभागिता जनाएको आयोजकले जानएको छ । शान्ति ज्योती विकास प्रतिष्ठान र शान्ति ज्योती टोल सुधार समिति बर्दघाट–२,चिसापानीको संयुक्त आयोजनामा पौष २७ गते देखि माघ–१ गते सम्म संचालन हुने अन्तरवडा जिल्ला स्तरीय भलिवल प्रतियोगितामा
प्रर्थम हुने टिमले ले ५० हजार नगर,कप ,मेडल र प्रमाणपत्र प्रप्त गर्नेछ । त्यसैगरी द्धितिय हुने टिमले २५ हजार नगर,कप ,मेडल र प्रमाणपत्र तथा तृतिय हुनेले १५ हजार नगर,कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.