Jilla Ban Notis

प्रचण्डलाई भेट्न चिनियाँ राजदूत खुमलटार पुगीन ।

0 56

९ पुस, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न चिनियाँ राजदूत होउ यान्छी खुमलटार पुगेकी छन् ।
चिनियाँ राजदूत यान्छी विहान साढे नौ बजे खुमलटार पुगेकी थिइन् । प्रचण्डसँग राजदूत यान्छीको २० मिनेट जति कुरा भएको थियो ।

राजदूत यान्छीले प्रचण्डसँग समसामयिक विषयमा कुरा भएको जनाइएको छ । यसअघि पनि नेकपाको अन्तर संघर्ष चर्कदै जाँदा चिनियाँ राजदूतको सक्रियता बढ्ने गरेको थियो ।

यसअघि नेकपाका ओली र प्रचण्ड–माधव समूहले अलग–अलग केन्द्रीय समितिको बैठक बोलाएलगत्तै राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।@ अनलाईन खबर

Leave A Reply

Your email address will not be published.