Jilla Ban Notis

नवलपरासीमा माटोको मूर्ति बेचेर एक सिर्जनमा तीन लाख आम्दानी 

0 56

गौरीशंकर जयसवाल

परासी १ कार्तिक
पश्चिम नवलपरासीमा माटोको मूर्तिबाट एक सिर्जनमा ३ लाख आम्दानी गर्न सफल भएका छन ।पाल्हीन्दन गाउँपालिकाको वडानं ५ बिष्णुपुरका रामप्यारेले दुर्गाको माटोवाट बनाएको मूर्ति बेचेर सिर्जनमा ३ लाख आम्दानी गरेका हुन । उनले माटोको मूर्ति बेचेर अफनो जिबिकोपर्जन गरिरहेका छन ।

उनले भन्नछन एउटा मुर्ती २० हजार देखि ३० हजारसम्ममा बिक्रि बितरण हुने गरेको मौयले बताए । ४ जना लेबरको ज्याल खर्च कटेर ३ लाख सिर्जनमा आम्दानी हुने गरेको र यसैबाट आफनो घरपरिवार चलाउदै आएको मौयको भनाई छ ।उनले यसबर्ष ३० वटा मूर्ति बनाएको ती सबै मूर्ति बिक्री र्भैसकेको बताए ।

यसबर्ष कोरोना महामारीको कारण थोरै माटोका मूर्ति बनाएको र आउने बर्षमा यसभन्दा धेरै मूर्ति बनाउने सोंचमा रहेको मौयले बताए । पाल्हीन्दन ५कै मुर्तिकार धर्मेन्द्र हरिजनले कुनै पनि बाहिरी कारिगर नराखी सपरिवार मिलेर ११ वटा दुर्गाको माटो मुर्तिहरु बनाएका छन्। ।

माटो नेपालको भएपनि अन्य सजावटका सामग्रीहरू र रङ्ग भारतीय बजारमा उपलब्ध हुने भएको र लकडाउनका कारण सिमाना बन्द हुदाँ समस्या भोग्नु परेको बताए ।उनी भन्छन यसवर्ष सिमाना बन्द हुदाँ नेपाली मुर्तिहरुले राम्रो बजार पाएको बताए । पाल्हीनन्दन वडानं १का अनिल कोहारलाई पनि विगत चार वर्ष देखि यो पेशामा लागेको र यस बर्ष ३५ वटा मुर्तिहरु अहिले बनाएको बताए ।

भारतीय कालिगढ झिकाएर राम्रो मुर्ति निर्माणकालागि छ महिना लाग्ने भएपनि छोटो समयमै मुर्ती तयार गरी दिनुपर्ने भएकाले भएकाले आफुहरु दिन रात नभनी मुर्ति निर्माणमा जुटेर तयार परेको कोहारले बताए । उनले एउटा मूर्ति १० हजार देखीसम्म १५ हजार बिक्रि गर्ने गरेको बताए ।

मूर्ति बेचेर एक सिर्जनमा कारिगरको खर्च कटाएर २ लाख आम्दानी हुने गरेको कोहारले बताए । उनकै घरमा मुर्ति लिन पुगेका रामग्राम (१० नदवाका कमलेश कोहारले गतवर्ष जस्तो यस बर्ष भिडभाड नगरी सामाजिक दुरी कायम रहने र देविको आस्था समाजमा रहिरहोस भन्दै देविको मुर्ति लिन आएको बताए । नवदुर्गा भगवती, सरस्वती, लक्ष्मी, कुमार र गणेश तथा तिनीहरुका बहानहरु तयार पारेका छन्। । मूर्ति बास , काठ, पराल र काठको धुलो लगायतका सामग्रीबाट मूर्तिहरु निर्माण गर्ने गरेका छन्।

Leave A Reply

Your email address will not be published.