Jilla Ban Notis

नेपाल परिवार नियोजन संघ पश्चिम नवलपरासीले मनायो ७ औं योजना दिवस

0 34
उमेश बि.क
 असोज-२
“कोभिड -१९ को अवस्था गुणस्तरिय परिवार योजना सेवाको निरन्तरता”को नाराको साथ परिवार नियोजन सघं नवलपरासी शाखा ले सातौं राष्ट्रिय परिवार योजना दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ।परिवार नियोजन सघंको सभाहलमा हालको कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै प्रजनन स्वास्थ्य बारे अन्तरकृया कार्यक्रम गरेको थियो भने पृथ्बी चन्द्र अस्पताल परासीमा आकस्मिक कक्षका बिरामीलाई फलफुल एवंम् प्रसुति गृहमा रहेका सुत्केरीहरुलाई बिस्कुट,पौष्टिक आहार स्वरुप अण्डा बितरण गरेको थियो।
नेपाल परिवार नियोजन सघं नवलपरासी शाखाका सभापति शुभाष चन्द्र अग्रवालको अध्यक्षतामा कार्यक्रम भएको थियो।कार्यक्रममा बोल्दै सभापति अग्रवालले स्वास्थ्य तथा परिवार नियोजन सेवा प्रभावकारी बनाउन यस कोरोना महामारी बिच पनि स्वास्थ्य मापदण्ड अप्नाई हर सम्भव पहल भइरहेको दावी गरे । देश संघिय संरचनामा गएकाले सबैतहका नागरिकसम्म पहुँच विस्तार गर्न सबै तहका सरकारले त्यसको महत्व बुझेर विकासका मुद्धा र जनताको अधिकारकासँग जोडन आवश्यक हुन्छ । त्यसो हुन नसके परिवार नियोजनको पहुँच विस्ता चुनौतिपूर्ण हुने वहाॅंको बुझाई रहेको थियो।
नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक एवंम् आजका कार्यक्रम संचालक बिष्णु ज्ञवालीले परिवार नियोजन सेवाको महत्व, स्थायी र अस्थायी साधनहरुका विषयमा किशोरकिशोरीहरुलाई अन्तरकृया कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य एवंम् शुभकामना मन्तब्य राख्दै शाखा सदस्य बिकास घिमिरे ले,युवाहरु प्रजनन शिक्षाका बारेमा जानकार रहनु आवश्यक रहेको र व्यवस्थित परिवार निर्माणका लागि युवाहरुलाई प्रजनन अधिकारको जानकारी आवश्यक रहेको भनि युवा माझ जानकारी गराएका थिए।
कार्यक्रममा किशोरीहरुको उल्लख्निय उपस्थिति रहेको थियो।किशोर किशोरीहरुले खुलेर यौनका कुरा गर्न थालेका छन् । युवा अवस्थामा आफूहरुलाई परेको समस्या र समाधानका उपायहरु खोज्दै किशोरकिशोरीहरुले अन्तरकृया समेत गरेकाले आउॅंदो दिनमा प्रजनन् स्वास्थ्य सम्बन्धि आई पर्ने समष्याहरु सजिलै निवारण हुने बिश्वास गरेको शाखाका उपसभापति अमृत सिहॅं जि सी ले उक्त कार्यक्रममा बताउनु भएको थियो।       https://www.youtube.com/watch?v=Vu2gPLa-ow8
शाखाका युवा सदस्य ईमामुल अलि ले युवाहरुले यौनलाई ठूलो रुपमा लिँदा समस्यामा पर्न सक्ने सम्भावना रहन गरेको बताए । उनले युवा अवस्थमा जानकारी नभएको विषयमा अभिभावक तथा स्वास्थ्य संस्थाहरुलाई जानकार रहनु आवश्यक रहेको बताएका थिए।
हरेक क्षेत्रमा यस कोरोना महामारीको प्रभाव भएको बेला,यस नवलपरासी शाखाको स्वास्थ्य क्लिनिक केन्द्रको सेवामा पनि प्रभाव परेको र सो का बावजुद पनि केन्द्रले पठाएको स्वास्थ्य मापदण्ड अप्नाई हर सम्भव सेवा प्रदान गरेको शाखा सिनियर स्टाफ नर्स अन्जनि श्रेष्ठले बताउनु भएको थियो।
शाखा सभापति अग्रवालले पृथ्बी चन्द्र अस्पताल परसीका प्रसासकिय प्रमुख डा.नुरुल होदालाई आकस्मिक कक्षका बिरामीहरु एवंम् प्रसुति गृहका सुत्केरीहरुलाई फलफुल,बिस्कुट,पौस्टिक आहार स्वरुप अण्डा एकमुष्ट हस्तातरण गर्दै कार्यक्रम समापन भएको जानकारी गराउनु भएको थियो।

Leave A Reply

Your email address will not be published.