sunwal

विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी प्रदेश नं ५ को कार्यसमीती गठन ।

128

बर्दघाट,भाद्र–३
विपी कोईराला स्कुल अफ पब्लिक पोलिसी प्रेदश नं ५ को नयां कार्यसमीती गठन भएको छ । संस्थाको देशभरीनै समीती विस्तार गर्ने क्रममा प्रदेश नं. ५मा पनि समिति गठन गरीएको समितिका सह–सचीव कमल वस्यालले जानकारी दिनु भएको छ ।
विपी कोईरालाका विचारलाई जनताका विचमा लैजाने उदेश्यले स्थापना भएको विपी कोईराला स्कुल अफ पब्लिक पोलिसीले विस्तार गरेको प्रेदश नं ५को कार्य समितिको अध्यक्षमा अर्जुन खनाल ,उपाध्यक्षमा रमेश अर्याल ,महा–सचीवमा महेश पाण्डेय र सह–सचीवमा कमल वस्याल रहनु भएको छ । वांकी अन्य सदस्यहरुलाई केही दिन भित्र पुर्णता दिईने सह–सचीव कमल वस्यालले जानकारी दिनु भएको छ ।