Jilla Ban Notis

नेपाल रेडक्रस सोसाइटी बालपुरीद्धारा बाढी पीडितलाई सहयोग

0 61

उमेश बि.क
सरावल, साउन १४
नवलपरासीको सरावल गाउँपालिका वडा नं। २ दंगियामा बाढीबाट हुसेन मुसलमानको घर पुर्ण रुपमा क्षति भएको अनुगमन गर्दै नेपाल रेडक्रस सोसाइटी बालपुरी शाखा सरावलले राहत प्रदान गरेको छ ।
बाढीबाट घर पुर्ण रुपमा क्षति भएको मुसलमान परिवारलाई रेडक्रस सोसाइटी बालपुरी शाखाका सभापति प्रदिप अग्रहरी नेतृत्वको टोलीले उनलाई राहत रुवरुप  कम्मल,बाल्टी ,त्रिपाल,साडी ,भाडा बर्तन,रुमाल ,तन्ना लगाएतको सामाग्री हस्तान्तरण गरेका हुन् ।
अबिरल बर्षाको कारण मुसलमानको घर मंगलबार बिहान ८ बजे पुर्ण रुपमा क्षति भएको हो । घर पुर्ण रुपमा क्षति हुदा अन्न लगाएत जिन्सी सामान र लत्ताकपडा पुरिएको हो ।
सुत्न ,बस्न खाना पकाउन समान नभएपछि उनका परिवारलाई रेडक्रसले तत्कालका लागि ओढ्ने ओछ्याउनेको व्यवस्था गर्नुका साथै खाना पकाउन भाँडाकुँडा र अन्य सामग्री उपलब्ध गराएका छौँ”, रेडक्रस सभापति अग्रहरीले भने, “आठ जनाको परिवार रहेको उहाँ अहिले नजिकैको गोठमा बस्दै आएका छन् ।” भएको नगद, जिन्सी र अन्नपात बाढीबाट क्षति भएपछि पीडित मुसलमान परिवार निकै समस्यामा परेका छन् ।

Leave A Reply

Your email address will not be published.