sunwal

सामुदायिक विद्यालयहरुमा समेत धान दिवसको रौनकता ।

134

रमेश भुसाल

सुनवल,असार–१५
आज असार १५ अर्थात धान दिवस पश्चिम नवलरासीमा पनि भब्यताका साथ मनाइएको छ । प्राय गरि किसान र कृषि संग सम्वन्धी संघ सस्थाहरुले मनाउदै आएको धान दिवस पश्चिम नवलपरासीका सामुदायिक विद्यालयहरुले समेत आफ्नो खाली रहेको जमिनमा धान रोप्दै तथा शुभकामना आदनप्रदान गर्दै भब्यताका साथ मनाएका छन् । सुनवल नगरपालिका वडा नम्वर ४ मा अवस्थित रमवापुर मावि र वडा नम्वर १ मा रहेको सोमनाथ माध्यामिक विद्यालयले आज धान दिवसकै अवसर पारी खाली रहेको जमिनमा रोपाई गरेका छन् । सो अवसरमा विद्यालय व्यावस्थापन समिति, शिक्षक शिक्षिका, समाजिक र शैक्षिक व्याक्तिवहरु, स्थानियहरु समेतको उपस्थीतिमा शुभकामना आदप्रादन एवं रोपाई कार्यक्रम गरिएको छ । सो अवसरमा वोल्दै सुनवल नगरपालिकाका उप प्रमुख ददिराम अर्यालले धान दिवस मनाउदै गर्दा आत्मनिर्भरता तर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । रमवापुर माध्यामिक विद्यालय नमुना विद्यालय भएको भन्दै थप नमुनाका कार्यहरु गर्दै अरु विद्यालयहरुलाई पनि यो विद्यालय मार्गनिर्देशित गर्न सक्ने विश्वास गर्दै उप मेयर अर्यालले धान दिवसको अवसरमा सवै नगरवासिहरुलाई शुभकामना व्याक्त गर्नुभएको थियो । यस क्षेत्रका किसान तथा विभिन्न संघ सस्थाहरुले पनि धान रोप्दै तथा दहि चिउरा खादै धान दिवसको अवसरमा शुभकामना साटासाट गरि मनाएका छन् ।