Jilla Ban Notis

सुचिकृत पसलवाटमात्र विक्रिवितरण गर्ने देखि कृषकलाई २५ प्रतिशत विउ खरिदमा अनुदानदिने बर्दघाट नगरपालिकाको निर्णय ।

ट्याक्टर र थ्रेसरको भाडा दर रेट कायम

0 22

रामु भुषाल
बर्दघाट,बैशाख–१६
नवलपरासीको बर्दघाट नगरपालिकाको नगरकार्यपालिकाको बैठकले विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै विभिन्न निर्णयहरु गरेको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा सम्पन्न बैठकले बर्दघाट नगरपालिका सुचिकृत पसल तथा मासुजन्य पसलहरुमा मासु विक्रि वितरण गर्दा भिडभाड नगरि सुरक्षाका सम्पुर्ण उपायहरु अपनाउदै कम्तिमा एक मिटरको भौतीक दुरीमा रही विहान ७ बजेदेखी विहान ११ बजेसम्म स्थानिय उत्पादनलाई प्राथमिकतामा राखी विक्रि वितरणमा वडाध्यक्षहरुलाई सहजिकरणको लागी जिम्मा दिने निर्णय गरेको छ । त्यस्तै, बैठकले कृषी उपजको उत्पादन बढाउने उदेश्यले कृषकलाई २५ प्रतिशत विउ खरिदमा अनुदान दिने, सो का लागी तोकिएका सहकारीबाट मात्र सो विउ विजन उपलब्ध गराइने र कृषक लक्षित कार्यक्रम अन्र्तगत कृषी तथा पशुपंक्षि उत्पादनमा लकडाउनको कारणबाट पर्न गएको क्षतिको विवरण संकलन तथा मुल्यांकन गरि नगर कार्यपालिकामा पठाउन समेत वडाध्यक्षहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

दर रेट कायम

नगरपालिका अन्र्तगत रहेका सम्पुर्ण खेतीयोग्य जमिन बाझो नराख्न समेत आग्रह गर्दै नगरले यो समयमा कृषकहरुलाई आवश्यक रासायनिक मल एवं विउ विजनको कमी हुन नदिने बताउदै कृषकको समस्यालाई समाधान गर्न कृषी यान्त्रिकरण अन्र्तगत नगर भित्रका ट्याक्टर र थ्रेसरको भाडा दर रेट समेत कायम गरिएको र तत्काल कार्यान्वयन गर्न समेत सम्बन्धित सबै वडामा निर्देशन दिने निर्णय पनि गरिएको बताएको छ । सो दर रेट अन्र्तगत कल्टीबाट जोताई गर्दा प्रति घण्टा रु १२ सय, रोटरीबाट जोत्न प्रति घण्टा रु १६ सय, कम्पाइनबाट धान र गहु काट्न प्रति विगहा ५ हजार र थ्रेसर मेसिन एक मजदुर सहित प्रतिघण्टा रु १८ सय कायम गर्ने निाणर््य गरिएको बताइएको छ । साथै यस नगर क्षेत्र भित्र चल्ने सवारी पासको प्रयोजन र ढुवानी साधनको चलानी प्रयोजनको छड्के चेकजाँच गर्न समेत वडा र प्रशासनलाई जिम्मा दिइने समेत निर्णय गरिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.