Jilla Ban Notis

चन्द्रोदय बहुउद्धेश्ीय सहकारी संस्थाद्धारा बर्दघाट नगरको प्रकोप ब्यवस्थापन कोषमा २७ हजार १ सय रुपैया सहयोग ।

0 53

फूलकुमारी ढकाल
बर्दघाट,चैत्र–२६
बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा चन्द्रोदय बहुउद्धेश्ीय सहकारी संस्था बर्दघाट–१४,चौपत्ताले २७ हजार १ सय रुपैया सहयोग गरेको छ ।आज बुधवार संस्थाका अध्यक्ष पूर्ण प्रसाद लिमिलसिनाले आफ्नै कार्यालय परिसर अगाडी नै नगर प्रमुख धिरज शर्मा बस्याललाई २७ हजार १ सय रुपैयाँको चेक हस्तान्त्रण गर्नु भएको थियो । कोरोना भाईरसको संक्रमणवाट वच्नका लागी गरिएको लक डाउनका कारण बर्दघाट नगरक्षेत्र भित्रका कुनै पनि गरीब ,अतिविपन्न तथा ज्यालामज्दुरी गरेर खाने घरपरिवारहरुका लागी राहत वितरणमा सहयोग पुगोस भन्ने हेतुले उक्त आर्थिक सहयोग गरेको अध्यक्ष तिमिलसिनाले गाउंले दर्पण अनलाईनलाई जानकारी गराउनुभएको छ । चेक हस्तान्त्रणका क्रममा संस्थाका अध्यक्ष पूर्णप्रसाद तिमिल्सिना ,सञ्चालक हेमन्त नेपाली र ब्यवस्थापक बिष्णु प्रसाद पाण्डे समेत रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.