बर्दघाट,बैशाख-३
पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ३ को नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ ।नगरप्रमुख शम्भुलाल श्रेष्ठ शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन ।
९४ लाख २१ हजार २ सय १६ रुपैयाँको लागतमा भवन निर्माण भएको वडा अध्यक्ष प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।यस अघि वडा कार्यालयले मासिक भाडाको तिर्दै आएको भाडाको घरबाट सेवा प्रवाह गर्दै आईरहेको थियो ।१६ वटा वडा रहेको बर्दघाट नगरपालिकामा वडा नम्बर १३,१४,६ र ९ नम्बर वडा कार्यालय निर्माधिन अवस्थामा छ्न ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले सेवाग्राही र सेवा प्रवाहलाई सहज बनाउन आफ्नै कार्यकालमा सबै वडाहरुलाई पुर्वाधार सम्पन्न बनाईने बताए ।पोखरी माथी निर्माण गरिएकाले वडा नम्बर ३ को यो भवन नमुना भएको वडा अध्यक्ष अधिकारीले बताए ।
सोही अवसर पारेर वडाले निर्माण सम्पन्न भएका योजनाहरुको प्रगती बिवरण समेत सार्वजनिकिकरण गरेको छ ।शिक्षा स्वास्थ्य भौतिक पुर्वाधार,खानेपानी लगायतका क्षेत्रमा झन्डै ६ करोड बराबरका योजना सम्पन्न भएको वडा अध्यक्ष प्रकाशचन्द्र अधिकारीले बताए ।

कार्यक्रममा उपप्रमुख रुद्र प्रकाश उपाद्याय,नगग्र प्रवक्ता सन्तबहादुर गाह,सामाजिक बिकास समिती सम्योजक भिमकाजी गुरुङ,वडा नम्बर १ का वडा अध्यक्ष सन्दिप सापकोटा,प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल लगायत स्थानीयको सहभागीता रहेको थियो ।
