sarawal

चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्ययन अवलोकन भ्रमणको यात्रा स्मरण ।

200
कृष्ण ढकाल / देवेन्द्र पोखरेल (सुजित)
बर्दघाट नगरपालिका वडा नं.२ चिसापानीमा रहेको चिसापानी सामुदायिक वन उपभोक्ता समुह २०६५ साल चैत्र १७ गते विधिवत रुपमा दर्ता भएरसंगै आफ्नो वैद्यानीक कार्य शुरु गरेको थियो । वन ऐन र कानुनमा रहेर संचालीत कुनै पनि सामुदायिक वनहरुले अरुको सिको गर्दै अघिबढ्ने क्रममा एक कार्य समितिलाई एक पटक अन्य सामुदायिक वनहरुका गतीविधि अध्ययन अवलोकन गर्ने अवसर मिल्ने गर्द छ । सोही क्रममा आ.व. २०७६/०७७को चिसापानी सामुदायिक वन उपभोक्ता समुहको कार्य समितिले पनि त्यो अवसरलाई भरीपूर्ण प्रयोग गर्ने कोसिस गर्यो । त्यसैले २०७६ फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको दिन पारेर विहान ७.२२ मि.बजे समूहका सचिब अनिल गुरुङको नेतृत्वमा बर्दघाट–२,चिसापनीवाट नेपालको सुदुर पश्चिम अर्थात महाकाली हुदै सुर्खेत सम्म जाने योजना अनुसार अध्ययन अवलोकन टोली अघि बढेको थियो । कार्यसमिति सदस्य रेल बहादुर बुढाको ब्यबस्थापकीय संयोजकत्वमा यात्रा तयभएको थियो । बर्दघाट नगरपालिकाको वडा नं. २,३,१२ र १३ सरावल गाउपालिकाको वडा नं. ५ र ६ तथा पाल्हिनन्दन गाउपालिकाको वडा नं.१ लाई आफ्नो कार्यक्षेत्र बनाएको चसापानी सामुदायिक वन उपभोक्ता समुहमा ३ हजार ३ सय ५० घरधुरीहरु आवद्ध रहेका छन् । तिनै क्षेत्रहरुवाट चिसापानी सामुदायिक वन उपभोक्ता समुहमा निवार्चीत कार्यसमिति,लेखा समिति तथा अनुगमन समिती ,सल्लाहकार,पत्रकार लगाएतको २८ जनाको टोली उक्त अध्ययन अवलोकन भ्रमणमा निस्केको थियो ।
विहान ७.२२ बजे चिसापानीवाट शुरुभएको यात्रा ९.३० मा बुटवल हुदै ९.५८मा सैना मैना १ रानिबगिया पुगेर चिया नास्ता गरी १०.५५ मा कपिलवस्तुको गोरुसिङ्गेमा रहेको लेखनाथ होटेलमा खाना खाएर ११.३३ मा त्यहांवाट अघि बढेको थियो । १.२५मा दिउसो भालुबाङ बजार र २.१० मा लमही बजार हुदै ४.३० मा बाके ढकरीमा पुगेर केहि वेर ट्राफिक जानकारी लिदै सांझ ५.०० कोहलपुर बजार र  ५.३५ मा बाँसगढी बर्दियामा चिया नास्ता  गर्न पुगेको थियो  भने ७.२५ मा कैलाली बजारको ,चिसापानी पुगेर होटल लक्ष्मिमा वास वसेको थियो ।
                   ८ गते बिहिवार बिहान ७.०० बजे चिया नास्ता गरेर टोलीले महाकालीको लागि यात्रा शुभारम्भ गर्यो । बिहान ८.३३ मा अत्तरियाको सफा र फराकिलो बजार हैदै कोलुवा कंचनपुर हुँदै ९.०५मा झलारी बजार पुगेको थियो । त्यसपछि शुक्लाफांटा आरक्षण कंचनपुरको दृश्यअवलोकन गर्दै ९.३८ मा महेन्द्रनगर बजार हुदै ९.५५ मा महेन्द्रनगर एयरपोर्ट गौचरनमा परिणत भएको हेर्दै  १०.१५ मा महाकाली नदीमा रहेको झोलुङ्गे पुलको अवलोकान गर्न पुगेको थियो । १.५ किलोमिटर लामो धmोलुङ्गे पुलमा वारपार गर्न मोटरसाईकलहरुले ५० रुपैया लिनेगरेको देखियो ।  महाकाली नदीमा रहेको झोलुङ्गे पुलको अवलोकान गर्दै टोली चांदनी दोधारा कंचनपुर भिमदत्त नगरपालिकावाट पारी महाकाली नगरपालिका दोधारा चांदनी पुल पारी रहेका १० वडा मध्येको पहिलो वडामा पुगेर ११.१० मा चांदनी दोधारा भिमदत्त नगरपालिका बाट फिर्ता भएको थियो ।  १२.१० मा महेन्द्रनगर बजारमा रहेको निक्कै चर्चीत कन्चन होटल मा खाना खाएर १.३० मा गड्डा चौकी को यात्रा शुरुभयो, गड्डा चौकी पुग्दा २.००  बजेको थियो । नेपालको पुर्व पश्चिम राजमार्गको अन्तीम विन्दु अर्थात भारतीय सिमाना संग जोडीएर रहेको गड्डा चौकी पुग्दा त्यहां भिजिट नेपालका लागि केहि पर्यटकिय स्थानहरुका तस्वीरहरु राखिएका थिए । अर्काे तिर जंगे पिलर पनि रहेको रहेछ । त्यतीमात्र हैन त्यहांका महिलाहरु प्रत्येक दिन भारतीय बजारमा गएर साईकलमा सकि–नसकि  सामानहरु ल्याउने र आफ्नो रोजीरोटी चलाउने गरेको देखिएको थियो ।  गड्डा चौकीक्षेत्रको अध्ययन अवलोकन पछि टोली ३.०० बजे दिउँसो गड्डा चौकी बाट कैलालीको गोदावरीमा ४.५० पुगि त्यहांको हनुमान मुर्ति  लगाएतका क्षेत्रको वाहिरी अवलोकन गरी  ५.१० बजे टोली गोदाबरीवाट कैलालीको घोडाघोडी ताल तर्फ लाग्यो । ६.०५ मा घोडाघोडी ताल कैलाली पुग्दा सांझ परी सकेको थियो तर पनि टोलीले ताल को अबलोकन गरी सामुहिक तस्विर लिएर  ७.०० बजे पुनः कैलालीको चिसापानीमा नै बाँस बस्न हिडियो र ७.४५ मा चिसापानी कैलाली पुगेर वांस वस्यो ।
               ९ गते शुक्रबार सिम सिम पानी परिरहेको थियो, चिसापानी कर्णाली बाट चिया नास्ता गरेर टोली कोहलपुर को लागि यात्रा प्रस्थान गर्यो , शुक्रबार हिन्दु पर्व अनुसार महाशिब रात्री परेकाले शुभकामना आदान प्रदान गर्दै बर्दिया को बासगढी स्थित नेपाल को सबै भन्दा ठूलो शिव लिङ्ग को मुर्ती रहेको केदारेश्वर धाम ट्रष्ट मा बिहान को १०.०५ बजे शिव महिमा मा सामेल भएर प्रसाद ग्रहण गरेको थियो ।  टोलि पुर्ब निर्धािरत कार्यक्रम अनुसार १०.४५ मा कोहलपुरमा खाना खाएर १२.४५ मा सुर्खेतको यात्रा शुरुगर्यो । १.४५ मा बबइ बजार हुदै सुर्खेतको चिसापानी, देउराली, बबइ, छिन्छु, भेरिपुल  हेर्दै  ३.५२ मा सुर्खेत जिल्लाको बिरेन्द्रनगर बजार पुगेको थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको विरेन्द्रनगर बजारमा रहेको मङ्गल गढी चोक बाट उत्तर तिर करिब ३ किलोमिटर को यात्रा पछि  नमुना सामुदायिक वनका रुपमा परिचित भैरम सामुदायिक बन उपभोक्ता समुहको कार्यालयमा पुगेको थियो । त्यतीखेर ४.४५ भैसकेको थियो । भैरम सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष अम्बर कार्कि उपाध्यक्ष ईन्द्र चालिसे, सचिब यम कुमारी चालिसे र सह सचिब कुमार पन्तको टोली र  चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्ययन अवलोकनको टोली विच अनुभव साटा साट भएको थियो ।   सो क्रममा अध्यक्ष अम्बर कार्किले टिमुर,जडिबुटी ,गैर काष्ट प्रजाती बेद र बाँस अमृसो लगायतको खेती, पर्या–पर्यटन र प्रादेशिक सहिद पार्क निर्मार्ण,कांचो रुख सकेसम्म नकाट्ने र बैज्ञानिक बन ब्यबस्थापन को बिरोध गर्ने, रोजगारको वृद्धि  गर्ने गरी अघिबढेको अनुभव बताउनु भएको थियो ।  अध्ययन अवलोकनको टोलीले त्यहांको नर्सरी र सहिद पार्क अबलोकन गरी ६ बजे कार्यक्रम समापन गरी बास बस्न को लागि बिरेन्द्र चोक सुर्खेत बजारको अन्नपूर्ण होटेल पुगेको थियो ।
                 १० गते शनिबार ७.२५ बजे बिहान बिरेन्द्र चोक सुर्खेत बजार अन्नपूर्ण होटल बाट चिसापानी सामुदायिक बन उपभोक्ता समूह को टोलि पर्यटकिय गन्तब्यका रुपमा रहेको सुर्खेतको काक्रे बिहार पुग्यो । त्यसपछि त्यसक्षेत्रको आस्थाको केन्द्र देउती बज्यै मन्दिरको दर्शन गर्न पुग्यो  । र सुर्खेत को चर्चित पर्यटकीय स्थल बुलबुल तालको अवलोकन गरी  ९.५० बजे छिन्छु बजारमा खाना खाने योजनामा  १०.४९ मा छिन्छु पुगेर खानाखाई २.०५ मा कोहलपुर आईपुगेको थियो ।
तत् पश्चात बांकेको सृजना सामुदायिक बन उपभोक्ता समूह कोहलपुर १२ बाके मा ३.०५ बजे दिउँसो समुहका अध्यक्ष दशरथ शर्मा पराजुली ,सचीव चुना थापा मगर र चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्ययन अवलोकनको टोली विच अनुभव साटासाट भएको थियो ।  ७७ फिट अग्लोे सात तले भ्यु–टावर, बाटिका, रोङ्टे पिङ, पिकनिक स्पोर्ट्स, नास्ता होटल, चिडियाघर, पोखरी समेत बनाएर अघि बढेको चिउरी श्रीखण्ड तेजपत्ता वृक्षारोपण गरेको उक्त वनले बैज्ञानिक बन ब्यवस्थापनलाई भने अब्यबहारिक र बनका कर्मचारीलाई फाईदा हुने बुझाईमा रहेको अनुभव सुनाएको थियो । सदस्यता शुल्क ५५ हजार लिने र बार्षिक पुरस्कार रिटर्न गिफ्ट गर्ने सो वनमा अहिले सालका एउटा पनि रुख नभएपनि मासिक १ लाख आम्दानी भने गरेको सुनि सकेपछि टोली ५.१० मा  सिक्टा सिंचाइ आयोजना बाँके को अबलोकन गरि लमही बजारको  होटल टु डे मा बाँस बस्न ७.२५ मा  पुगेको थियो ।
                              फाल्गुण ११ गते आईतबार पुर्ब निर्धारित कार्यक्रम सहित सामुदायिक बन को छलफल पछि दिउँसो को खाना पिक्निक को रुप मा दाङ को आसपास मा गरि रमाइलो गरेर गृह स्थान फर्किने सल्लाह भए अनुसार बिहान ८.१० बजे होटलबाट निस्केर ९.१० मा भालुबाङ बजार आइपुगियो र ९ .२५ मा कालाकाटेबाट दक्षिण ५ किलोमिटर को दुरिमा अबस्थित कुलापानी सामुदायिक बन उपभोक्ता समुहको कार्यलय तर्फ प्रस्थान गरी १० बजे कुलपानी सामुदायिक बन उपभोक्ता समुह गोबरडिहा– २ बडहरा देउखुरी दाङ्ग पुगेको थियो । जहाँ कुलपानी सामुदायिक बन उपभोक्ता समुहले उपभोक्ता लाई सिधै फर्निचर दिने उद्देश्यले १२ वटा सामुदायिक वनको सहकार्यमा उपभोक्ता लाई सुबिधा दिन शुरु गरेको रहेछ तर कर्मचारी र कानुन बाधक रहेको कुलपानी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष नबराज शर्माले बताउनु भयो ।  समुहका अध्यक्ष नबराज शर्मा,सचिब दिलबासी बि.क.पुर्ब कोषाध्यक्ष श्रीप्रसाद घिमिर र चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्ययन अवलोकन टोली विचको अनुभव साटा–साटका क्रममा सामुदायिक बनले आफैले २०६२ साल मा स्थापना गरिएको आदर्श प्रा.बी. बडेरालाई अङ्ग्रेजी माध्ममा संचालन गरेको अनुभव,मौवाको प्रतिफल,माटो को काम गर्ने कुमाल समुदाय लाई निःशुल्क दाउरा ,नमुना साल प्लटिङ्ग,खोला उकास क्षेत्रमा सिसौ प्रजाती लाई संरक्षण गरी वनमा परिणत, गर्ने देखि सिमसारलाई धार्मिक पर्या पर्यटनको रुपमा बिस्तार गर्ने योजना लिएको कुलपानी सामुदायिक बनमा चोरी निकासी भने शुन्य रहेको बताईएको थियो ।
    त्यतिमा हैन आयस्रोतका हिसावले वन क्षेत्रका रुखहरु समुदायलाई वाँडेर दिईएको जसमा एक रुखवाट एक सिजनमा १ सय केजि मौवा को फुल सजिलै पाउन सकिने र दानावाट तेल बनाउन सकिने भएकाले स्थानियवासीहरुले एक सिजनमा एक रुखवाट करिव १० हजार आन्दानी सजिलै गर्न सकिने अध्यक्ष शर्माले जानकारी गराउनु भयो । मौवाको फुल रक्सी बनाउन प्रयोग गरीन्छ । अध्यक्षका अनुसार बडहरा देउखुरीमा मात्र एव वर्षमा करिव १७ सय लिटर  मौवाको तेल उत्पादन हुने गर्दछ ।  कुलपानी सामुदायिक बन डढुवा कालाकाटे देउखुरी दाङ्गसंगको यो अनुभव आदान प्रदानसंगै सो वनको कार्यालय परिसरमा खाना वनाएर खाएर टोली दिउसोको २.०० बजे बुटवलको यात्रा शुरु गर्यो । टोलीले ५.३५ बजे बुटवलको ढवाहामा रहेको पिस पार्क पुगेर घुमफिर गरी ७.२५ बजे बर्दघाटको चिसापानी आएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/