Jilla Ban Notis

बारम्बार साबुनपानीले हात धुँदा कोरोना भाइरस सङ्क्रमण हुनबाट बच्न सकिने ।

0 15

फागुन २४
कोरोना भाइरस पुष्टि भएका ५६ हजारभन्दा धेरै मानिस उपचार पछि निको भएका छन् । अहिलेसम्म १ लाख १ हजार ९ सय ५४ जनालाई कोरोना संक्रमण भएकोमा ५६ हजार १ सय २३ जना उपचारपछि घर फर्किएका छन् भने ३ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । ४२ हजार ३ सय ६५ जना अझै पनि सङ्क्रमित छन् । उनीहरुमध्ये ३५ हजार ९ सय ६४ अर्थात हल्का अवस्थामा रहेकाले ६ हजार ४ सय १ जनाको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ९७ देशसहित जापानको योकोहामा रहेको डायमण्ड प्रिन्सेस क्रुजमा कोरोना संक्रमित भेटिएका छन् । गएको २४ घण्टामा थप ७९ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा इटालीमा थप १ सय ७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या २ सय नाघेको छ । बारम्बार साबुनपानीले हात धुने, खोक्दा र हाच्छँयू गर्दा रुमाल अथवा कपडाले नाकमुख छोप्ने र अनावश्यक रुपमा नाक, आँखा र मुख नछुने र छुनै परे साबुनपानीले हात धोएर मात्र छुने गर्दा पनि संभावित जोखिमबाट बच्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । साभार @ उज्यालो अनलाईनवाट

Leave A Reply

Your email address will not be published.