Bardaghat Na pa

माछाको संख्या बढाउन एक लाख भुरा खोलामा

37

भुवन पाण्डे
भैरहवा,मंसिर–५

पर्यावरणमा परेको असरले खोलाका माछा हरेक वर्ष घत्दै गएपछि रुपन्देहीका किसानले तिनाउ खोलामा माछाका भुरा राखेका छन् । विश्व मत्स्य दिवसको अवसर पारेर रौउ र नैनी जातका एक लाख भुरा माछा खोलामा छोडिएको हो । पछिल्लो समय चुरे क्षेत्रमा भएको अत्याधिक दोहन, तराईका खोलामा हुने उत्खनन् तथा बजार र कलकारखानाबाट खोलामा बगाईने फोहोरले खोलाको पानी दुषित बनेको छ । खोलामा प्रदुषण बढेपछि त्यसको असर माछामा देखिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम परियोजना इकाई मत्स्य सुपुर जोनका अधिकृत रमेश जेशवालले बताउँनुभयो । विश्व मत्स्य दिवसको अवसरमा मत्स्य सुपर जोन, मत्स्य व्यवसायी संघ रुपन्देही लगायतका संघ सस्थाहरुले बिहिबार पश्चिमअमुवामा ¥याली समेत निकालेका थिए । स्थानिय जनप्रतिनिधि, माछा किसान, व्यवसायी, कर्मचारी, विद्यार्थी र पत्रकार सहितको ¥याली बजार परिक्रमा गरि तिनाउ खोलामा गएर माछाका भुरा राखेको जिल्ला मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिपु भुषालले बताउनुभयो । विसं २०७० सालसम्म रुपन्देहीका दक्षिण भेगका बाजिया, कलवार ठहरे लगायतका जाती तिनाउ नदीकै माछाले जिबिका चलाउँदै आएका थिए । तर अहिले खोलामा माछा कम छन् । “दिनभरी माछा मार्दा पाँच किलोसम्म मार्नेले आजभोली एक किलो बनाउन सक्दैन”,माछा मारेर जीविका चलाउनेले कम्तीमा हामीले राखेको भुराले एक वर्षपछि फेरी सजिलो हुनेछ भनेरै भुरा खोलामा राखेको भुषाले बताउनुभयो । माछालाई खोलामा बाच्नसक्ने गरि खोलालाई सफा राख्न सबै स्थानियसँग रुपन्देहीका किसानले आग्रह गरेका छन् । यसरी खोलामा छाडिने भुरा दुषित बनेको पानीले बाच्न कठिने हुने जानकार बताउँछन् ।