Sarawal notish

खानेपानी सरसफाई र पर्यावरणमा युवा अभियान चलाउदै बर्दघाट खानेपानी

565

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१४
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले “खानेपानी सरसफाई र पर्यावरणमा युवा अभियान” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भगरेको छ । संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाको सेवाक्ष्ँेत्र भित्रका क्लब र समुहहरुमा आवद्ध युवाहरुलाई चुरे,पर्यटन ,पर्यावरणसँगै सरसफाई र पानीको महत्वका वारेमा जानकारी गराइएको थियो ।
वन वातावरण तथा पर्यावरण अध्ययता युवराज कंडेल र बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका ब्यवस्थापक विष्णुकुमार भुषालले सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा खानेपानी संस्थाका पदाधिकारी र कर्मचारीहरु सहित नवजीवन युवा क्लब बाढीपिडितका युवाहरु ,दिव्यशान्ती युवा क्लब दिब्यनगरका युवाहरु , बर्दघाट भजन समुहका युवाहरु ,बर्दघाट नेटवर्क समितिका युवाहरु लगाएतको उल्लेखनीय उपस्थिती रहेको थियो ।
बर्दघाट खानेपानी तथा सरसफार्इ उपभोक्ता संस्थाका उपाध्यक्ष एवम् खानेपानी सुरक्षा योजनाका संयोजक कमल थापाको अध्यक्षतामा र बर्दघाट नगरपालिकाका उपप्रमुख रूद्रप्रकाश उपाधयायको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले सामाजिक काम गर्ने ब्यक्तिहरु इमानदारी र दुरदर्शी हुन जरुरी रहेको बताउनु भयो । कुनैपनि कार्यक्रममहरुमा प्राप्त गरेको ज्ञान र सिपलाई कार्यान्वयन नगरेसम्म परिर्वतन सम्भव नहुनेहुदाँ युवाहरुले कार्यक्रममा सिकेको ज्ञानलाई ब्यवहारमा लागु गर्न आग्रह गर्नु भएको थियो ।
उहाँले चुरे संरक्षण गर्दै पर्यटनका माध्यामवाट नगरको अर्थतन्त्रलाई सुधार्न सकिने संभावनाका वारेमा समेत आफ्नो विचार राख्नु भएको थियो । फरक प्रसंगमा बर्दघाट नगरको फोहर वनक्षेत्रमा लगेर संकलन गर्ने कार्यको शुरुवात आफु बर्दघाट बजार विकास समितिको अध्यक्षहुँदा शुरु गरेको र अहिले राज्यको जिम्मेवार निकायमा हुँदा पनि त्यसको निराकरण गर्न नसकेकोमा आफुलाई आत्म गलानी भएको बताउनु भयो ।


त्यसैगरी बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले संस्थाको नेतृत्व र समाज रुपान्तरणको जिम्मा अब नयाँ पुस्तालाई हस्तान्त्रण गर्नुपर्ने बेला आएकाले युवाहरुलाई सचेत र जागरुक बनाउनका लागि “खानेपानी सरसफाई र पर्यावरणमा युवा अभियान” बिषयक अन्तरक्रिया कार्यक्रम आयो जना गरिएको बताउनु भयो । उहाँले मकवानपुरको थाहा नगरमा यसरीनै स्थानिय युवाहरुलाई संगठीत गरेर पानी युवा क्लब गठन गरी परिचालन गरेको र त्यसको प्रभाव राम्रो देखिएपछि बर्दघाटले पनि शुरु गरेको जानकारी गराउनु भएको थियो । यसरी पानी युवा क्लब गठन गरी टोल टोलमा नेतृत्व गर्ने सामाजिक युवाहरु उत्पादन हुने भएकाले प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालले युवाहरुलाई जम्मा गरेर नयाँ बिषयका वारेमा विज्ञद्धारा संस्था ,समुदाय ,संस्कार ,संस्कृति ,चुरे,पानी र पयार्वरणको विकासक्रमको ईतिहासका वारेमा देखाउने र सिकाउने जुन प्रयत्न गर्यो त्यो आफैमा एउटा महत्वपूर्ण र एैतिहासिक कार्य गरेको शुरवाद गरेको बताउनु भएको थियो ।
प्रमोद अर्यालको सञ्चालनमा भएको कार्यक्रमको समापनगर्दै खानेपानी सुरक्षा योजनाका संयोजक तथा कार्यक्रमका अध्यक्ष्ँ कमल थापाले आफ्नो गाउँ(ठाउँ र समाजलाई सफा, सुन्दर र सुरक्षित बनाउन युवाहरू नै जागरुकहुन जरुरी रहेकोमा जोड दिनु भएको थियो । उहाले स्वच्छ खानेपानीको महत्व, समुदायमा सरसफाइका उत्तम अभ्यासहरू र जलवायु परिवर्तनको समयमा पर्यावरण जोगाउन युवाहरूले नै नेतृत्वदायी मुख्य भुमिकाखेल्न सक्ने बताउनु भयो