Bardaghat notish

बर्दघाट वडा नं. २ र ३ लाई एक घर एक धारा घाेषणामा लाग्नुस : उपप्रमुख उपाध्याय

507

कृष्ण ढकाल

बर्दघाट, असोज- ११

बर्दघाट नगरपालिकाले अघि सारेको एक घर एक धारा अभियानलाई पूर्णता दिन कटिबद्ध भएर लाग्न बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले आग्रह गर्नुभएको छ।

बर्दघाट नगरपालिकाको वासशाखाले चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो।

१३०० बढी खानेपानी धाराहरू जडान गरेको चिसापानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र २३२ धारा जडान गरेको कर्मैया लगुना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आआफ्नो वडालाई एक घर एक धारा अभियानलाई पूर्णता दिन आग्रह गर्नुभएको थियो।

चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र लगुना क्रमैया खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सन्चालक, कर्मचारी एवं सुरक्षा योजना टोलीलाई खानेपानी सुरक्षा, संस्था सन्चालन, र जिम्मेवारीका बारेमा जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा नगर उपप्रमुख उपाध्याले उक्त आग्रह गर्नुभएको थियो ।

संस्थाका सञ्चालक, कर्मचारी एवं सुरक्षा योजना टोलीलाई सक्रिय बनाउने उद्देश्यले विषय विज्ञहरुबाट खानेपानी सुरक्षा र जिम्मेवारीका बारेमा जानकारी दिने गरीएको बर्दघाट नगरपालिका वासशाखा प्रमुख कृष्णहरि पौडेलले बताउनु भएको छ।

बर्दघाट नगरपालिकाका नगर उप-प्रमुख रुद्रप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिका वास शाखा प्रमुख कृष्णहरि पाैडेलले खानेपानी सुरक्षा योजना टोली गठन, नेतृत्वको भुमिका तथा जिम्मेवारीका बारेमा सहजीकरण गर्नु भएको थियो। त्यस्तै कार्यक्रममा बर्दघाट नगरपालिकाकी पोषण कार्यक्रम संयोजक रिता काफ्लेले सुरक्षीत खानेपानी संगै पोषण र सन्तुलित आहारको महत्वका बारेमा जानकारी गारउनु भएको थियो।

कार्यक्रममा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य एवं बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले एक हजार बढी धारा जडान भएका संस्थाहरूले अब सामाजिक कार्यमा पनि लाग्नुपर्नेमा जोड दिनुभएको थियो। उहाँले जलवायुको असर पर्न थालेको बताउँदै सरसफाई र बिरुवा रोप्ने कार्यमा समेत खानेपानी संस्थाहरु लाग्न आग्रह गर्नुभएको थियो।

कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीका जिल्ला अध्यक्ष देविदत्त सापकोटा, बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण) , कर्मैया लगुना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव एवं खानेपानी सुरक्षा योजनाका संयोजक पशुपति न्यौपाने लगाएतले आ-आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका व्यवस्थापक माधव भण्डारीले गर्नुभएको थियो।