sunwal

राष्ट्रिय युवा संघ नेपाल ,लुम्बिनी प्रदेश कमिटीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

४९ जनाले रक्तदान गरे

621

कृष्ण ढकाल
बर्दघाट,साउन–१६
राष्ट्रिय युवा संघ नेपाल ,लुम्बिनी प्रदेश कमिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “न्यायप्रेमि युवाहरु राष्ट्रिय युवा संघमा,सामाजिक परिवर्तन युवाको काँधमा” भन्ने मुलनाराका साथ पश्चिम नवलपरासीको बर्दघाटमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको ब्यवस्थापनमा आज भएको रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेको राष्ट्रिय युवा संघ नेपाल ,लुम्बिनी प्रदेश कमिटी सचिव सुधा ज्ञवालीले जानकारी दिनु भएको छ । ४० जना रक्तदाताहरुले रक्तदान गर्ने लक्ष्य लिएको उक्त कार्यक्रममा महिला ११ र पुरुष ३८ जना गरी ४९ जनाले रक्तदान गरेको ज्ञवालीले बताउनु भयो ।

राष्ट्रिय युवा संघ नेपाल ,लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष ओलीको अध्यक्ष्ँता र राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीका सदस्य तथा प्रदेशका सह–ईन्चार्ज कपुर घिमिरेको प्रमुख आतिथ्यथतामा भएको रक्तदान कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा नवलपरासी जिल्ला ईन्चार्ज सरिता भुषाल लगाएत , प्रदेश र जिल्ला कमिटिका पार्टी र युवा संघका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।