sunwal

बर्दघाट- ५ मा आरोग्य सेवाकेन्द्र शुभारम्भ

604

प्रेम भुजेल

वर्दघाट,असाढ -२५
बर्दघाट- ५ पाल्डाडामा बर्दघाट नगरपालिकाले आयुर्वेद औषधालय नागरिक आरोग्य सेवा केन्द्रको समुद्घाटन गरिएको छ ।

बर्दघाट नगरपालिका भित्र रहेका समुदायहरुको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागी उक्त सेवाकेन्द्र स्थापना गरिएको हाे ।
बर्दघाट नगरपालिका वडा नं ५ कि वडा अध्यक्ष बिमला गुरुङको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि  बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले  अहिलेको परिवेशमा हामीले सेवन गरने खानपानका कारण स्वास्थ्यमा गम्भीर असर परेको र स्वास्थ रहनका लागि योगा र आरोग्य सेवा लिई आम नागरिकलाई नि :शुल्क आफ्नो स्वास्थ्य जाँच गराउन समेत अनुरोध गर्नु भयो ।
त्यसैगरी विशेष अतिथि रुद्रप्रकाश उपाध्यक्षले आम नागरिकलाइ विशेष खान पिनमा ध्यान दिन र आरोग्य सेवा केन्द्र को भरपुर उपयोग गर्न अनुरोध गर्नु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत   बाबुराम पौडेलले आरोग्य भनेको निरोगी हुनु स्वास्थ्य रहनु भएको हुदा सम्पूर्ण नगरवासीलाई स्वास्थ रहन अनुरोध गर्नु भएको थियो ।
यसै गरि आरोग्य सेवा केन्द्र कि बैध ले आम नागरिकहरुले सबै खालका समस्याको उपचार नि :शुल्क रुपमा प्राप्त गर्ने समेत बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रम कि अध्यक्ष बिमला गुरुङ ले बर्दघाट ५ का वडा वासी भाग्यवानी रहेको र सबैको सहयोगमा नागरिक आरोग्य केन्द्र स्थापना गर्न सफल रहेको बताउनु भएको थियो ।
बर्दघाट नगरपालिका वडा नं ५ का वडा सदस्य  शोभा कान्त लामिछानेको  स्वागत मन्तब्यबाट शुरु गरिएको कार्यक्रम  माकर स्वास्थ चौकी बर्दघाट ५ का प्रमुख शरद जि सी ले संचालन गर्नु भएको थियो ।