रामप्रसाद पौडेल
बर्दघाट,जेष्ठ–२८
मंगलवार दिंउसो ४ः४५ बजे आएको हावाहुरीले घरका छानाहरु उडाएको छ भने पशुचौपायालाई घाइते बनाएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट–१०,विर्ताका शिवराज पौडेलको घरको छाना हावाले उडाएपछि घरको खाद्यान्न तथा लत्ताकपडाहरु सबै भिजेर नष्टभएको पौडेलले बताउनु भएको छ ।
त्यसैगरी सोही स्थानका अर्का इविप्रसाद पौडेल,कृष्ण कुमारी मगर्नी,दिनेश कुमार सुनार,विफन चौधरी लगाएतको घर तथा गोठका छानाहरु उक्त दिनको हावाहुरीले उडाएर लगेपछि घरकोअन्न र लत्ताकपडाहरु भिजेर नष्ट भएपछि आफुहरुले ठूलो क्षेती ब्यहोरर्नु परेको उनीहरुको गुनासो रहेको छ । उक्त दिनको हावाहुरीका कारण एक स्थानियको बाख्रा शक्त घाईते भएको थियो भने बाटो छेउमा रहेका रुखहरु समेत ढलेका थिए ।

