Bardaghat Na pa

असोज महिनाको मसान्त सम्म वार्षिैक साधारण सभागर्न नगरप्रमुख श्रेष्ठ निर्देशन

630

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२४
बर्दघाट नगरका सबै खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुले अब देखि असोज महिनाको मसान्त सम्म आफ्नो वार्षिैक साधारण सभा गर्न नगरप्रमुख शम्भुलाल श्रेष्ठले खानेपानी संस्थाहरुलाई निर्देशन दिनु भएको छ ।

आईतवार दाउन्नेदेवि खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट–१५,पृथ्वीवस्तीको वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनलाई सम्वोधनगर्दै उक्त निर्देशन दिनु भएको हो ।

बर्दघाट नगरमा रहेका १२ वटा खानेपानी संस्थाहरुले आफु खुशि चैत्र, बैशाख र जेष्ठको प्रचण्डगर्मीमा वार्षिक साधारण सभा राख्ने परिपाटि भनेको संस्थाको पार्दशीता र जवाफदेहिता प्रति प्रश्न उठने कामहो भन्दै अब देखि आर्थिक वर्ष सकिएको ३ महिना भित्र लेखापरिक्षण रिपोर्ट सहित संस्थाको वार्षिैक साधारण सभा सम्पन्न गर्ने नगरले परिपच समेत गर्ने बताउनु भयो ।
बर्दघाट नगरका सबैवासीहरुलाई स्वच्छ र गुणस्तरीय खानोपानीको पहुँचका लागि “एक घर एक धारा” को निति अनुसार यो आ.ब. मा संघवाट नगरलाई अनुदानमा प्राप्त हुने दुई करोड बढी रकम सबै नगरका खानेपानी संस्थाहरुको पाईपलाईन विस्ताका लागि मात्र खर्च गर्नेगरी बर्दघाट नगरले योजना अघि सारेको समेत जानकारी गराउनु भएको थियो ।

त्यसैगरी नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नगरका सबै नागरीकहरुका लागि सहज रुपमा खानेपानीको आवश्यता पुरा गर्न नगरले नगर स्तरीय खानेपानी समन्वय समिति समेत गठन गरेर अघिबढ्को बताउनु भयो । उहाँले खानेपानीको शुद्धताका लागि नगर स्तरीय ल्यापको समेत ब्यवस्था गरेको बताउदै सबै संस्थाहरुले आफ्नो पानीलाई लगेर बेला बेलामा निःशुल्क टेस्ट गर्नेका लागि समेत आग्रह गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष देविप्रसाद बस्यालको स्वागत र सचिब मदनराज अर्यालको सञ्चालन रहेको कार्यक्रममा बोल्दै शाना शहरी खानेपानी महासंघका केन्द्रिय सदस्य तथा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले नगरका खानेपनी संस्थाहरुमा वैकल्पीक उर्जाको समस्या रहेको बताउदै त्यस तर्फ नगरले ध्यान दिन जरुरुी रहेको धारणा राख्नु भएको थियो । उहााले ग्रामिण तहका धेरैजसो संस्थाहरुमा रहेका उपभोक्ताहरुको आर्थिक आवस्था र उनीहरुको आम्दानीको अवस्थालाई समेत ध्यानमा राखेर खानेपानीको महशुल तथा धारा जडान खर्चमा केहि छुट दिने ब्यवस्था गर्नु पर्ने सुझाब राख्नु भएको थियो ।

दाउन्नेदेवि खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद सुवेदीको अध्यक्षता बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका जिल्ला अध्यक्ष देविदत्त सापकोटाले,संस्थाका सल्लाहाकार लालबहादुर गुरुङग लगाएतले बोल्नु भएको थियो भने कार्यक्रममा वडाअध्यक्षद्धय रुद्र आले,भिमकाजी गुरुङग र नगरका बिभिन्न खानेपानी संस्थाहरुका अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो ।

वार्षिक साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष हरिप्रसाद सुवेदीले आर्थिक प्रतिवेदन कोषाध्यक्ष रुकमिनी प्रसाईले र संस्थाको लेखासुपरिपेक्षण समितिको प्रतिवेदन संयोजक हुमबहादुर लुङगेलीले गर्नु भएको थियो ।