sunwal

सामुदायिक अस्पतालहरू सञ्चालनका लागि कानुन संसोधन गर्नु पर्छ ः सांसद खनाल

610

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–३
देशभर सञ्चालनमा रहेका सबै सामुदायिक अस्पतालहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सरकारले कानुन संशोधन गरी सहजीकरण गर्नुपर्ने प्रतिनिधिसभा सदस्य विक्रम खनालले बताउनु भएको छ ।

नवलपरासीको बर्दघाट–१४ स्थित सहीद स्मृति सामुदायिक अस्पतालको १५औं वार्षिक साधारण सभालाई सम्बोधनगर्दै सांसद खनालले उक्त कुरा बताउनु भएको हो । सांसद खनालले सामुदायिक स्तरबाट सञ्चालित अस्पतालहरूले ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउदै प्रत्येक पालिकामा साना १५ शैयाका अस्पताल निर्माण गर्नु भन्दा पनि “एक निर्वाचन क्षेत्र, एक सुविधा सम्पन्न अस्पताल” को अवधारणाअनुसार विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको थियो । समुदायको दुःख, श्रम र सहयोगबाट सञ्चालनमा आएका अस्पतालहरूलाई सरकारले आफ्नै मातहतका संस्थासरह आवश्यक नियम तथा कानुन परिमार्जन गरी सहयोग गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

सहीद स्मृति सामुदायिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष डि.बि. थापाको अध्यक्षता र प्रतिनिधिसभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकी ,बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ,उपप्रमुख रुद्रप्रसाद उपाध्याय,निर्वतमान उपप्रमुख मायादेवि पौडेल लगाएतको उपस्थिती रहेको थियो ।