कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१
उपभोक्ताहरुको सहजता र चाहनालाई मध्येनजगर गर्दै बर्दघाटमा आज अर्थात जेष्ठ १ गते देखि प्लस नाईन्टी नाईन हयाप्पी सपीङ्ग जोनले आफ्नो सेवा शुभारम्भ गरेको छ ।
सामुहीक लगानीमा नयाँ ब्यवस्थापनका साथ सञ्चालन गरीएको सपीङ्ग जोनको औपचारी समुदघाटन भने नेपाल उद्योग वाणीज्य महासंघका केन्द्रिय सदस्य केशब भण्डारीले गर्नु भएको थियो ।
नाईन्टी नाईन हयाप्पी सपीङ्ग जोनको समुद्घाटन गर्दै केन्द्रिय सदस्य भण्डारीले खस्किदै गएको ब्यापार ब्यवसायक्षेत्रलाई उकास्नका लागि राज्यले केहि नयाँ योजना ल्याउनु पर्ने बताउदै स्थानिय तहले पनि आफ्ना ब्यवसायीहरुलाई स्थापित गर्ने गरी निति तथा कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउनु भयो ।

नयाँ ब्यवस्थापनका साथ सामुहिक लगानीमा बर्दघाट बजारमा सञ्चालन गरीएको प्लस नाईन्टी नाईन हयाप्पी सपीङ्ग जोनले यसक्षेत्रका उपभोक्ताहरुको मागलाई सहज रुपमा पुरागर्ने गरी सबै सामान एकैठााउमा उपलब्ध गराएर उपभोक्ताको मनजितेर ब्यवसायलाई समय अनुकुल बनाउन खोजिएको सञ्चालकहरुको भनाई रहेको छ ।
घरयासी प्रयोजनका विधुतीय सामानहरु,फेन्सी,कस्मेटीक,जुत्ता चप्पल लगाएतका सामानहरुको खुल्ला तथा होलसेल विक्रिको अनुमति लिएको प्लस नाईन्टी नाईन हयाप्पी सपीङ्ग जोनले आगामि दिनमा ग्राहकहरुको मागका आधारमा आफ्नो ब्यवसायलाई थप प्रस्कृत गर्दै ल्रजाने जनाएको छ ।

