कृष्ण ढकाल
बर्दघाट,बैशाख–३१
माध्यामिक शिक्ष्ाँ परिक्षा–२०८२ ( एसइइ ) मा उत्रिर्ण विधार्थीहरुलाई दिब्य ज्योती माबि बर्दघाट–२,चिसापानीले आज एक कार्यक्रमको आयोजनागरी सम्मान गरेको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनबन्धु पाण्डेको अध्यक्षता र वडाअध्यक्ष गणेशबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा बोल्दै एसइइ उत्रिर्ण बिधार्थीहरुले शिक्षक,अभिभावक र आफुहरुको मिहनतका कारण आफुहरुले सफलता हाासिल गर्न सफल भएको बताएका थिए । आफ्नो मिहनत अनुसारको अंक नआएपनि परिक्षाफल सन्तोषजनक रहेको उनीहरुको भनाई रहेको थियो ।
शिक्ष्ँक कृष्ण अधिकारीको सञ्चालन र सभ्यता पछाईको स्वागतमनतब्य रहेको सम्मान कार्यक्रममा अभिभावक तथा शिक्षकहरुले समेत एसइइ उत्रिर्ण बिधार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । १ सय ३४ जना बिधार्थीहरुलाई परिक्षामा सहभागि गराएको दिब्य ज्योती माविले ४५ जना बिधार्थीहरुलाई माध्यामिक शिक्ष्ाँ परिक्षा–२०८२ मा उत्रिर्णगर्न सफल भएको थियो ।
