कृष्ण ढकाल
बर्दघाट,चैत्र-६
बर्दघाट नगरपालिका वडा नं.-७ मा रहेकाे बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आज भएकाे निर्वाचनबाट क्यपटेन मानबहादुर थापा वर्माकाे अध्यक्षताका नयाँ कार्यसमिति निर्वाचित भएकाे छ । आजभएकाे निर्वाचनमा थापाले ५ सय ३१ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे । थापाका प्रतिस्पर्धी राज बहादुर पोखरेल ४ सय८७ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै उपाध्यक्षमा विशाल अधिकारी बिजयी हुनु भएको छ । अधिकारीले ४ सय ७० मत र राजेश विश्वकर्मा ४ सय ४९ मत प्राप्त गर्नु भएको छ । सचिवमा बन्धुराज पौड्याल निर्बिरोध निर्वाचित हुनु भएको छ भने
सहसचिवमा सरिता सापकोटा बिजयी हुनु भएको छ । सापकोटाले ५२० मत प्राप्त गर्नु भएकाे छ भने चन बहादुर विश्वकर्माले ४०१ मत प्राप्त गर्नु एको छ । कोषाध्यक्षमा कृष्ण क्षेत्री निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समिती सयोजक रामकृष्ण पौडेलले जानकारी दिनु भयो।
महिला सदस्यतर्फ गंगादेवी भण्डारी, लिला कुमारी थारु, सिता सुवेदी सापकोटा, इन्द्रा सुवेदी र कविता रायमाझि निर्बिरोध निर्वाचित हुनु भएको छ । त्यस्तै खुला सदस्यतर्फ चिरज्जीवी सुवेदी ४६९ मत, विष्णु प्रसाद उपाध्याय ४३३ मत, प्रेम बहादुर बकाल ४४१ मत, हिरा कुमार श्रेष्ठ ४४१ मत, इन्द्र बहादुर खत्री क्षेत्री ४४१ मत ल्याएर बिजयी हुनु भएको छ भने धनश्याम पाण्डे १२८ मत, जिवन कुमार कर्माचार्य ३८४ मत, पिताम्बर प्रसाद थारु चौधरी ४१४ मत, चुन बहादुर क्षेत्री ४२० मत, कृष्ण बहादुर कड़ेल ३१३ मत, लाल प्रकाश बि.क ३०३ मत प्राप्त गर्नु भएको छ ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा नदी केशर शर्मा तथा सदस्यहरूमा यसुदिन मिया र मधु खत्री क्षेत्री निर्बिरोध निर्वाचित हुनु भएको छ । संस्थाका कुल १,८७० उपभोक्तामध्ये १,१५२ मत खसेकोमा १,१५० मत गणना गरिएको थियाे । जस्मा महिला ५६७ र पुरुष ५८५ अर्थात ६१.६० प्रतिशत मत खसेकाे थियाे ।

निर्वाचन समितीकाे संयोजकमा रामकृष्ण पौडेल रहनु भएकाे थियाे भने सदस्यमा कृष्णहरि पाैडेल र शोभकान्त कोइराला रहनु भएकाे थियो ।
