Bardaghat Na pa

बर्दघाट एक्सपोमा करिब ७ करोड कारोबार

504

करिब ७ करोड कारोबार सहित प्रथम बर्दघाट एक्सपो सम्पन् भएकाे छ ।
उद्योग व्यापार संघ बर्दघाटद्वारा आयोजित प्रथम बर्दघाट एक्सपो सबैको सामुहिक प्रयास, समर्पण र सहकार्यबाट सफलता पूर्वक सम्मन्न भएको छ। एक्सपोले स्थानिय कृषी, उद्योग, ब्यापार, पर्यटन ,सस्कृती र स्थानिय प्रतिभालाई एउटै स्थानमा जोड्न सफल भएको छ।

एक्सपोमा १०९ स्थानियका स्टल, किसानलाई कृषी प्राबिधिक सङ जोड्न किसानका माटो तथा बाली परिक्षण, माछालाई अधिक मुल्यमा बेच्नका लागि विभिन्न परिकार बनाएर बेच्न सकिने प्रत्यक्ष अनुभव सहितको ज्ञान प्रदान गरिनु कृषीलाई आधुनिकता तर्फ लैजान गरिएका प्रयास हुन।
एक्सपोले स्थानिय सीप र उत्पादनलाई ब्यवसायिक बजारीकरणको ब्यवस्था गर्न सफल भएको छ। एक्सपोमा स्थानिय कृषी उत्पादन देखि हस्तकला, अचार, झोला, माला, गुडिया लगाएतका सामाग्रीको बजारिकरणका लागि बिशेष ब्यवस्था गरिएको थियो।
जातिय परिकारका लागि छुट्टा छुट्टै परम्परागत घर निर्माण तथा प्रयोग गर्ने बस्तुहरुको प्रस्तुतिले युवापुस्ता थप आकर्शित तथा परिकारको स्वादमा रमेका थिए।
आकर्शक शिवको मुर्ती तथा विभिन्न स्थान र जातजाती झल्कने चित्रहरुले युवा होस या पाका सबैको ध्यान तान्न सफल भै सबैले आफ्नो तस्बिर खिचाउन लालायित देखिन्थे।
बिद्यार्थि लक्षित कार्यक्रमले बालबालिकाका अन्तर्निहित प्रतिभा थप उजागर हुने स्थान पायो। फल्स्वरुप १ हजार भन्दा बढी बालबालिका र बिद्यार्थिले आफ्नो कला प्रस्तुत गर्ने अवसर प्राप्त गरे।
एक्सपो अवधिभर स्थानिय तथा ब्यवसायिक स्टलमार्फत करिब ७ करोडको कारोबार गरिएको अनुमान गरिएको छ। भने १ लाख भन्दा बढिले एक्सपोको अवलोकन गरिएको दाबी आयोजकले गरेको छ।
बहु भाषिक, बहुजातिको बसोबास रहेको बर्दघाटमा आ आफ्नो जातिय झाकिले एक्स्पोलाई थप आकर्षक बनाएको थियो।
हरेक क्षेत्रको सहभागितामुलक एक्सपोले स्थानिय कला, परिकार, उत्पादनलाई थप प्रत्साहन दिएको छ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा नगरप्रमुख श्रेस्ठले एक्सपोका कारण बर्दघाटको पहिचान र गौरव बडेको महसुस आफुले गरेको बताउदै स्थानिय उत्पादन र ब्यवसायिलाई बजारिकरणका लागि गरिएको सहयोग अतुलनिय रहेको बताउनुभयो।
त्येस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उधोग व्यापार महासङ्हका महासचिव खिम नारायण पराजुलिले स्थानिय उत्पादन र उध्धमिलाई प्राथमिकतामा राखिएर गरिएको एक्सपोको कारण स्थानिय आर्थिक चलायमानलाई टेवा पुगेको र एक्सपोले कला, सस्कृती जगेर्ना गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो।
कर्यक्रममा कृषक, स्थानिय ब्यवसायी, उत्पादक, सङ्ह्सस्था लगाएतलाई सम्मान गरिएको थियो।
कार्यक्रम सस्थाका अध्यक्ष तथा एक्सपो मुल आयोजक समितिका सम्योजक राजु न्यौपानेको अध्यक्षतामा समापन समारोह सम्पन्न गरिएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका महासचिव नारायण भण्डारीले गर्नुभएको थियो ।