Bardaghat Na pa

बर्दघाट एक्सपोमा माटो परिक्षण शिविर तथा बालि उपचार शिविर सञ्चालन

514

बर्दघाट ,माघ-२२

हरियालीनगरमा जारी प्रथम बर्दघाट एक्सपोमा माटो परिक्षण शिविर तथा बालि उपचार शिविर सञ्चालन गरिएको छ । उद्योग व्यापार संग बर्दघाटको आयोजना, माटो तथा मल परिक्षण प्रयोगशाला,खजुरा, बाँकेको तथा कृर्षि ज्ञानकेन्द नवलपरासी(बसुप)को प्र्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
स्थानिय उद्योग र व्यापार, दिगो विकासको आधार भन्ने मुल नाराकासाथ सञ्चालित एक्सपोमा बर्दघाट नगरका किसान लक्षित बाली तथा माटो परिक्षण शिविर राखिएको हो।
किसान देविदत्त सापकोटाले एउटा संस्थाले अग्रसर भएर गरिने किसान लक्षितकार्यक्रम सह््निय भएपनि स्थानिय सरकारले यस किसिमको कार्यक्रम निरन्तरतादिनुपर्ने बताऊनुभयो । सापकोटा थप्छन, कृर्षि प्रधान देशमा कृषकको पिडा सुन्ने, देख्ने समाधान गर्ने स्थानिय सरकार वितरणमुखि कार्यगरेर बसेको छ। बालिका सवालमा हरेकमहिना किसानको समस्या बुझन खेतबारीमा प्राविधिक सहितको टोलि पुग्नौं ।
त्यस्तै कृर्षि ज्ञान केन्द्र, नवलपरासी(बसुप)का बरिष्ठ बालि संरक्षण अधिकृत, उमा शंखर पौडेलले मानिसको जस्तै पशु तथा बालिमा पनि रोग लाग्दछ । हाम्रो शरिरमा रोगका कारण हुने असर जस्तै बालिमा पनि असर देखा पर्दछन । जसको फलस्वरुप बालिले उत्पादन दिदैन। अन्ततः किसाललाई लागत मुल्य धेरै पर्न जानुकासाथै उत्पादकत्व पनि घट्छ । यस किसीमका शिविरले किसानलाई सचेतना जगाऊने, बालीमा लाग्ने रोगबाट बचाऊन समयमै ध्यान दिन पनि किसान सचेत हुनुपर्ने र रासयनिक मलको प्रयोग, बिषादीको अत्यधिक प्रयोग तथा यसको प्रभावले मानव जिवनमा पार्ने प्रभावको बारेमाजानकारी लिन पनि यस किसिमको कार्यक्रम आवस्यक पर्ने बताऊनुभयो । पौडेल भन्नुहुन्छ, बालिमा किसानले अध्यधिक मात्रामा बिषादि त प्रयोग गर्दछन तर अपनाउनुपर्ने न्यूनतम नियम समेत पालना नगर्दा किसान थप पिडित मात्रै बन्दैनन, हरेक परिवारमा क्यान्सर जस्ता घातक रोगको सिकार बनिरहका छन ।
माटो तथा मल परिक्षण प्रयोगशाला, खजुरा बाँकेका माटो विज्ञ खिम बहादुर के.सी.ले माटोमा रहेका १६ वटा तत्वको बारेमा जानकारी लिन पनि नियमित माटो परिक्षण गर्नुपर्ने बताऊनुभयो । के.सी.का अनुसार माटोका तत्वहरु थप घट हुदाँ पनि उत्पादनमा असर गर्दछ । खाद्यतत्व, प्राराङ्गारिक मल, मलको मात्रा, मल तथा माटोको भौतिक रासायिनिक अवस्था सुधार गर्न पनि माटो परिक्षण आवस्यक पर्ने बताऊदै उत्पादन बृद्धिका बहानामा अन्दाजी रुपमा प्रयोग गरिने रासायनिक पदार्थका कारण माटोमा अम्लिय मात्रा बढ्दै गईरहेको अवस्थामा माटोलाई स्वस्थ्य राख्न पनि माटो परिक्षण गर्नुपर्ने बताऊनुभयो । के.सी.का अनुसार जारी एक्सपोमा गरिएको माटो परिक्षण यस क्षेत्रको माटोको अवस्था स्वस्थ्य रहेको बताउदै केहि मात्रामा मात्र अस्वस्थ्थ माटो भेटिएको बताऊनुभयो ।

प्रदेश स्तरिय प्रयोगशाला बर्दघाट क्षेत्रमै पहिलो पटक एक्सपोमा ल्याऊन सफल भएको दावि गर्दै एक्सपोका कृर्षि उपसमिति संयोजक खुमाकान्त न्यौपानेले माटोलाई आमाको संज्ञा दिदै बिरामी माटोबाट उत्पादनमा ह्रास आऊने हुदाँ किसान दुःखीत हुनुपरेको बताऊनुभयो । संयोजक न्यौपानेले लामो समय सम्म यस क्षेत्रमा कामको अनुभव र किसानको पिर मर्का सुनेको हुदाँ किसानका गुनासालाई सम्बोधन गरी यस क्षेत्रमा लागेका किसानको उत्पादन बढाऊन यस कार्यक्रमले मद्दत गर्ने बुझेर आफुहरुले यस शिविरको आयोजना गरिएको बताऊनुभयो ।