sunwal

बर्दघाट एक्सपोको प्रोमोसनल भिडियोमा उत्सव पाण्डेय विजयी

पाण्डेयलाई नगद १० हजार र मेला अवधिभरका लागि प्रवेश निःशुल्क पास

773

बर्दघाट,माघ–१७
प्रथम बर्दघाट एक्सपोको प्रोमोसनल रिल्सको उपाधि उत्सव पाण्डेयले हात पार्न सफल भएका छन ।
बर्दघाट नगरपालिका वडा नं। ४, हरियाली नगरमा सञ्चालित प्रथम बर्दघाट एक्सपोको प्रोमोसनल भिडियो बनाएर सबै भन्दा बढि भिउज, लाईक, शेयर गराएर बर्दघाट नगरपालिका वडा नं।४, बर्दघाटका उत्सव पाण्डेयले नगद दश हजार हात पार्न सफल भएका छन ।
उनले बनाएको भिडियो उद्योग व्यापार संघको आधिकारीक फेसबुक मार्फत सार्वजनिक गरिएको थियो । प्रतियोगि नं।१२ रहेको पाण्डेयको भिडियोमा ६२ हजार ६ सय भिउज, २ हजार ५ सय शेयर तथा १ हजार ४ सय लाईक गरि सर्वाधिक बढि भिउज हुन सफल भएको थियो ।
एक्सपो सञ्चालनको पाँचौ दिनको कार्यक्रममा प्रथमहुन सफल उत्सव पाण्डेयलाई नगद १० हजार र मेला अवधिभरका लागि प्रवेश निःशुल्क पास संघका अध्यक्ष तथा एक्सपो मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले हस्तान्तरण गर्नु भयो ।