बर्दघाट,माघ-१७
प्रथम बर्दघाट एक्सपोमा २ प्रजातिका बोका राखिएका छन । नेपाल सरकारद्धारा मासुका लागि सिफारिस गरिएको भारतिय प्रजातिको सिरोही र अफ्रिकन बोयर बोका एक्सपोमा राखिएकाछन ।
पछिल्लो समय हेर्दा ठुलो, नेपालको हावापानि सुहाउँदो र अनुपात तौल पनि उच्च रहने सिरोही जातको बोका तथा नेपालको हावापानिमा बृद्धिविकास तथा उच्च तौल हुने अफ्रिकन बोयर जातको नेपालमा अध्यधिक मन पराईएको छ ।
नेपाल सरकारले यस क्षेत्रकालागि सिफारिस गरेको, सिरोही र बोयर जातको बोकाहरु स्थानिय किसानको मागलाई मध्यनजर गर्दै एक्पोमा प्रमोसनकालागि राखिएको कारण प्रमोसनकालागि एक्सपोमा राखिएको कृर्षि उत्पादन,घरेलु उद्योग तथा पर्यटन प्रर्वद्धन उपसमिति संयोजक खुमाकान्त न्यौपानेले बताउनुभयो ।
एक्पोमा राखिएको बोयर करिब ९० किलोको र सिरोही करिब ७५ किलोको रहेको न्यौपानेले बताउनु भयाे ।
बोयर जातको बोका अनुमानित ७५ प्रतिशत नश्लिय शुद्धता रहेको पशु स्वास्थ्य प्राविधिक रमेश पाण्डेले बताउनु भयो ।
पाण्डेका अनुसार बोयर स्थानिय खरी जातका बाख्रासंग जातिय विशेषता मिल्ने हुदाँ सहज प्रजनन् हुने त्यस्तै सिरोही जातको बोकाको जमुनापारी जातको संग विशेषता मिल्ने बताउनु भयो ।
कृर्षिलाई प्राथमिकतामा राखेर गरिएको एक्सपोमा राखिएका दुबै बोका बर्दघाट ३ ,लगुनाहका कृषक कुल नारायण चौधरीले सञ्चालन गरेको सिर्जनशिल एकिकृत कृर्षि फर्मबाट ल्याईएको हो । चौधरीकाे कृर्षिफर्ममा उन्नत जातका ४० वटा बाख्राहरु व्यवसायिक रुपमा पालिएका छन ।
