Bardaghat Na pa

संयुक्त संर्घष समितिध्दारा जिल्लाका तीन स्थानमा मशाल जुलुस

581

बर्दघाट,पाैष २८

संयुक्त संर्घष समिति नवलपरासीले जिल्लाको तीन स्थानमा सोमवार मशाल जुलु्स निकालेको छ । समितिका संयोजक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयका अनुसार संयुक्त संर्घष समितिले जिल्लाको सुनवल , बर्दघाट र रुपौलियाचोकमा मशाल जुलुस सम्पन्न गरेको हो ।
यस अघि जिल्लामा स्वाधीन संयुक्त जनसरकारको गठन र जनसंबिधानको निम्ति जनसंर्घष संचालन गर्नका लागि संयुक्त संर्घष समिति गठन गरिएको थियो । समितिमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा(बहुमत), समाजवादी कम्युनिष्ट पार्टी नेपाल, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा(जनपक्ष) र नेकपा समाबेश छन् ।
समितिले जेनजी बिद्रोह पछि जेनजीको भावना माथि कुठाराघात गर्दै बैदेशिक शक्ति केन्द्रको आड भरोशामा सुशिला कार्की नेतृत्वको कठपुतली सरकार बनेको र वर्तमान सरकार खारेज गरेर संयुक्त जनसरकार गठन गर्न माग गर्दै उपत्यका बन्दको पूर्व सन्ध्यामा देशैभर मशाल जुलुस निकालेको संयोजक पाण्डेयले जानकारी दिए ।
प्रहरी हस्तक्षेपको बाबजुद जिल्लाको तीन स्थानमा जुलुस गरिएको समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक छम बहादुर गुरुङले बताए ।
बर्दघाटको बसपार्कमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाको अगुवाई , क्रान्तिकारी संयुक्त मोर्चा नवलपरासीका संयोजक चुडामणी भण्डारी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य गणेश बहादुर ढकाल र नगर संयोजक ज्ञान बहादुर केसी लगायतको नेतृत्वमा जुलुस प्रर्दशन भएको थियो ।
उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख एंव प्रहरी निरीक्षक कृष्ण डागीको कमाण्ड खटिएको टोलीले हस्तक्षेप गरेपछि प्रर्दशनकारीले प्रहरी दमन मुर्दावाद जस्ता चर्का नाराबाजी गरेको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।
बर्दघाटको त्रिवेणीचोकको उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापाले सम्बोधन गर्दै निर्वाचनको औचित्य नभएको बताए ।

त्यस्तै संयुक्त संर्घष समिति नवलपरासीले सुनवल चोकमा आयोजना गरेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेप पछि केही समय प्रहरी हस्तक्षेप मुर्दावाद जस्ता नाराबाजी गर्दै प्रर्दशनकारीहरुले कोणसभा जारी राखेको स्थानीयले बताएका छन् ।
सो क्रममा ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख एंव प्रहरी निरीक्षक लक्ष्मण देवकोटाको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रर्दशनकारी माथि हस्तक्षेप गर्दै मशाल खोसेपछि केही समय तनाव उत्पन्न भएको थियो ।
सुनवलको प्रर्दशनको अगुवाई समितिका संयोजक रवि पाण्डेय, सकपा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक छम बहादुर गुरुङ र क्राकपा नेपालका नगर संयोजक प्रेम रिमालको नेतृत्वमा भएको थियो ।
कोण सभामा क्राकपा नेपालका नेता प्रेम रिमालले सम्बोधन गरेको क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय सदस्य राजेन्द्र न्यौपानेले जानकारी गराए ।
यसैबीच सुस्ता गाउँपालिका–१ रुपौलियामा मशाल जुलुस पछिको कोणसभामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला कार्यालय सदस्य दुर्गानारायण चौधरीले सम्बोधन गर्दै वर्तमान सरकार बिघटन र स्वाधीन संयुक्त सरकार गठनको माग गरेको पार्टीका सुस्ता संयोजक सोम बहादुर विश्वकर्माले जानकारी दिए । पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत माघ २ गते बुटवलमा निर्वाचनको औचित्यहीनता बारे अन्तरक्रिया र माघ ५ गते जिल्लाब्यापी बिरोध कार्यक्रम सम्पन्न पछि दोस्रो चरणको कार्यक्रम तय गर्ने संयुक्त संर्घष समिति नवलपरासीले जनाएको छ ।