बर्दघाट,पुष–२
नवलपरासीको बर्दघाट–४ दिब्यनगरमा रहेको नवदिब्य ज्योति आधारभुत बिद्यालयले शैक्षिक शुल्क नतिरेको बहानामा बिद्यार्थीहरुलाई परिक्षाबाट बञ्चित गरेको छ ।
पूर्व प्राथमिक तह देखि कक्षा ६ सम्म कक्षा संचालन गरिरहेको बिद्यालयले बुधवार शैक्षिक शुल्क नतिरेको भन्दै करिब २५ जना बिद्यार्थीलाई दोस्रो त्रैमासिक परिक्षाबाट बञ्चित गरेको हो । परिक्षा दिनका लागि बिद्यालय पुगेका बालबालिकालाई बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले परिक्षाको प्रबेश पत्र नदिएर बाहिरै राखेपछि बिद्यार्थीहरु रुने र निसाहुदै घर फर्केको भन्दै स्थानिय वासीहरुले समेत आयोचना गरेका थिए।
बिपन्न परिवारका बालबालिका अध्ययन गर्ने नवदिब्य ज्योति आधारभुत बिद्यालयमा करिब १ सय १० बढी बिद्यार्थी पढ्दै आएका छन् । सरकारी बिद्यालयले प्रबेश पत्र नदिई बालबालिकालाई परिक्षाबाट बञ्चित गरेपछि बाल अधिकार हनन् भएको भन्दै अभिभावकहरुले गुनासो गरेका छन । बाल मैत्री नगरपालिका बनाउन बर्दघाट नगरपालिकाले कार्यक्रमहरु सञ्चालन गर्दै वडाहरुलाई क्रमशः बालमैत्री घोषणा गरीरहेका बेला नगरपालिकाको कार्यलय रहेकै वडाको बिद्यालयको यो घटना बाहिरिएको हो ।
यता बिद्यालयकी अभिभावक सीता सोतीले आफूले दुई बजे भित्र शुल्क ल्याएर दिन्छु भनेर बिद्यालयमा आग्रह गर्दा समेत आफ्नो छोरीलाई परिक्षाबाट बञ्चित गरिएको बताउनु भएको छ । आफ्ना साथीहरुलाई शुल्क नतिरेकै बाहनामा परिक्षा बाट बाहिर राखेको प्रति निकै दुःख लागेको परिक्षामा सहभागी बालबालिकाहरुले प्रतिक्रिया दिएका छन् । समितिका मान्छे र शिक्षकहरु मिलेर साथीहरुलाई परिक्षाबाट बाहिरै राखेपछि दुःख लाग्यो “ बिद्यालयमा अध्ययनरत एक बालिकाले भनिन् ”यस्तो गरेपछि परिक्षा दिएका हामी पनि सबै रोयौ ।
बिद्यालयले सहयोग शुल्कका नाममा कक्षापिच्छे फरक फरक मासिक शुल्क लिदै आएको छ । यस बिषयमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पौडेल र प्रधानाध्यापक गीता गैरेले बिद्यालय राम्रो बनाउने योजनाका लागि कडाइ गर्न खोज्दा नजानेर गलत कार्य आफुहरुले गर्न पुगेको भन्दै आत्मा आलोचि भएको बताउनु भएको छ । बिधार्थीहरुको परिक्षा रोकेर आफुहरुले गल्ती गरेको स्विकार्दे भोली नै उनिहरुको परिक्षा लिने ब्यवस्था मिलाउने र अब यस्ता गल्ती नदोहराउने समेत प्रतिक्रिया दिनु भएको छ ।
