Belani khanepani

बर्दघाट चुरे उद्यानकाे सय दिनका उपलब्धी के ?

573

आवस्यकता र सम्भावनालाई पछ्याउदै जाँदा बनेको एक सामुहिक अबधारणा हो “बर्दघाट चुरे उद्यान“। यो बर्दघाट नगरपालिकाको वडा नं ४ मा अबस्थित, मानब निर्मित अमुल्य सम्पदा हो। चुरेलाई तराईको जिबनदायिनी शृंखला भनेजस्तै बर्दघाट चुरे उद्दान पनि बर्दघाट को बिकासको एक कोसेढुंगा साबित हुनसक्छ भनेर सामुहिक, निस्वार्थ र स्वस्फुर्त श्रम  सहित थालनी गरिएको एक महत्वाकांक्षी योजना हो।

बर्दघाट चुरे उद्यानको काम थालनी भएयता, बर्ष ३ देखि बर्ष ७५ उमेर समूह का हजारौं व्यक्तिहरु व्यक्तिगत, सामुहिक, सामुदायिक र संस्थागत रुपमा पुगेको कुरा सुनाउन पाउँदा हामीलाई अत्यन्तै खुशी महसुस भएको छ। यो उद्दान सबैको गन्तब्य बनेको छ। सबैको चासो र चिन्तनको बिषय पनि बनेको छ। सबैको लागि धेरै नै महत्वपुर्ण हुने गरि हामीले काम गर्नुपर्दछ भन्नेमा हामी सचेत छौं। आय आर्जन, आन्तरिक पर्यटन र पर्यावरणमा यसले ठुलो योगदान दिनेछ। साथै बर्दघाटको पहिचान संग थप एक बिशेषता थप्नेछ भने श्रम प्रति जनस्तर मा सम्मान को भावना जागृत गराउने छ।

हाम्रो अभियानको काम र त्यसको पहिचानलाई नामकरण गर्ने काम भने मिति २०८२ साल साउन ६ गते मंगलबार तदनुसार २२ जुलाई २०२५ मा भयो।यो नाम बर्दघाटको पहिचान, समग्र चुरेको महत्व र यसैलाई एक बृहत र साझा फुलबारी बनाउने उद्देस्य सहित छनोट गरि नामकरण गरियो।

बर्दघाट चुरे उद्दान एक उत्कृस्ट भ्यु पोइन्ट हो। यहाँ बाट समग्र बर्दघाट नगरपालिका स्पस्ट रुपमा देख्न सकिन्छ र नवलपरासी, रुपन्देही र कपिलवस्तुका अन्य दृश्य हरु देख्न सकिन्छ।यसका साथै यहाँ बाट दुरबिन लगायर हेर्ने हो भने मित्रराष्ट्र भारतका शहरहरु गोरखपुर लगायत युपी र बिहार का अन्य शहर हरु पनि देख्न सकिन्छ।

शुरुवाती १००औं दिनमा, आज हामी बर्दघाट चुरे उद्दान को Central Theme “ABC ” बारेको बिषयबस्तुलाई छोटकरीमा खुलासा गर्न चाहन्छौं।

१. Adventure शाहसिक गतिबिधि

२. Biodiversity जैविक बिबिधता

३. Chure Conservation चुरे संरक्षण

अमुल्य मानवजीवनको अत्याबस्यक खुराक मध्ये  मनोरंजन, शारीरिक ब्यायाम र शाहसिक गतिबिधिको लागि प्राकृतिक रुपमै तयार यो भौगोलिक अवस्थिति लाई मानब हितमा प्रयोग गर्ने अभिप्राय सहित बर्दघाट चुरे उद्दान मा कामहरु गरिंदैछ। मानब स्वास्थ्यको लागि शारीरिक ब्यायाम, पदयात्रा, क्याम्पिंग, प्रकृति, प्राकृतिक र मानबनिर्मित सुन्दरता, चौपारी, पोखरी, बनजंगल, चराचुरुंगी जीव जन्तु र बनस्पतिको अध्यन अबलोकन र अनुसन्धानको लागि उपयुक्त गन्तब्य, साहित्यसदन आदि ले हामीलाई भरपुर लाभ दिने विश्वास गर्दछौं।

हामीले खुइले डाँडामा वृक्षारोपण गरेकाछौं। धेरै थरिका ठुलो मात्रामा बहु उपयोगी र बहुमुल्य बिरुवाहरु रोप्ने र संरक्षण गर्ने काम ले हामीलाई भविष्यमा ठुलो आर्थिक लाभ हुने देखिन्छ। फलफुल उत्पादन, लघूद्दम लाई कच्चा पदार्थ, जडिबुटी उत्पादन, बनस्पति चरा चुरुंगी तथा बन्यजन्तुमा बढोत्तरी, संकटग्रस्त जीव जन्तु र बनस्पतिको लागि अनुकुलता, पानीको मुहान संरक्षण,पानीको पुनर्भरण, ताजा अक्सिजन, स्वच्छता र मनोरम प्राकृतिक सुन्दरता, जलबायु परिबर्तनमा ठोस योगदान जस्ता सवालहरुमा हामी सक्षम र समृद्ध बन्न सक्छौं।

चुरे सबभन्दा कान्छो र कच्चो पहाड हो। चुरे संरक्षण एक निर्बिकल्प चुनौती हो। चुरेलाई संरक्षण गर्दै यसलाई सदुपयोग गर्ने उचित योजना सहितको कार्यक्रम गरेर अत्याधिक लाभ लिने हाम्रो सोचाई छ। बाढी पहिरो र भूक्षय बाट बचाउने कार्यक्रमहरु, बन र बनस्पति जोगाउने काम हरु, चुरे पहाडको ढुंगा माटो गिटी बालुवा आदिको दोहन रोक्ने काम गर्दै यसले दिने असिमित पैदावारहरु मानबहितमा उपयोग गर्नुपर्छ। चुरे हाम्रो स्वास, गास र प्यास पूर्तिको श्रोत हो। यस्तो श्रोत संरक्षण गर्दै सहि सदुपयोग गर्ने हाम्रो उद्देश्य हो।

बर्दघाट चुरे उद्यान को योजना बारे कुराहरु त्यस अगावै चलिनैरहेको भएतापनि, ठोस रुपमा प्रस्थान बिन्दु चैं विश्व बाताबरण दिवस, ५ जुन २०२५ लाई मान्दछौं । त्यो बिशेष दिनमा सांकेतिक रुपमा ७ जनाले ५० वृक्षारोपण गरेर कामको थालनी गरिएको हो।

 

पहिलो वृक्षारोपण २०८२ साल जेस्ठ २२ गते तदनुसार ५ जून २०२५

१.     राम प्रसाद पौडेल

२.     डोर बहादुर खत्री (दिलीप)

३.     शिव प्रसाद पाण्डे (गोपाल)

४.     यज्ञ दाहाल

५.     सुबाश चन्द्र जी.सी.

६.     गंगा पाठक

७.     मनोज घिमिरे

८.      शोभाकान्त कोइराला (शिव)

हामीले रोपेका बिरुवा हरु लाई पानी चाहिन्छ भनेर हामीलाई पानी पोखरी बनाउनु पर्ने आबस्यकता महसुस भयो। अबधाराणा लाई साबित गर्न कर्म गर्नुपर्छ भनेर दोस्रो काम को रुपमा एक पोखरी खन्नको लागि अझ बिस्तारित साथीहरु संग कुरा गरि साथ लिइ पोखरी खन्ने बारेमा एकमत भइ बृक्षारोपणको केहि दिन पछि, एक पोखरी खन्ने काम थालियो। सम्भवत यो यहाँको सबभन्दा ठुलो र गोलो पोखरी हुनेछ।

 

पोखरी खन्ने पहिलो दिन २८ जेस्ठ २०८२ तदनुसार ११ जुन २०२५ 

१.     राम प्रसाद पौडेल

२.     डोर बहादुर खत्री (दिलीप)

३.     शिव प्रसाद पाण्डे (गोपाल)

४.     शोभाकान्त कोइराला (शिव)

५.     गंगा पाठक

६.     सन्तोष सुनार

७.     सुबाश चन्द्र जी.सी.

८.     अनिल शाक्य

९.     रेशम लामिछाने

१०.   यज्ञ दाहाल

११.   रत्न सुबेदी

१२.   दिपक सुनार

१३.   मोहन बि. क.

१४.   सुरेन्द्र गहतराज

१५.   जितेन्द्र श्रेष्ठ

१६.   बिष्णु भाट

१७.   दुर्गा भाट

१८.   भरत प्रसाद शर्मा

१९.   कृष्ण पौडेल

२०.   गोबिन्द पाध्या

२१.    स्मूथ बि सी

 

चौतारी, चौर, पान पोखरी, साहित्य सदन र बाटो निर्माणमा थप अभियन्ताहरु

२२.   होम बहादुर घर्ति मगर (धौलागिरी) र रुपा घर्ति मगर

२३.   दिपक हमाल

२४.   निर्मल क्षेत्री

२५.   ललित सुबेदी

२६.   राजेन्द्र गौतम

२७.   राजु सुनार

२८.   चन बहादुर गाहा

२९.   राजेन्द्र सुनार

३०.   मिलन सुनार

३१.   लक्ष्मी बर्तौला

३२.   दिनेश न्यौपाने

३३.   सनोज गौतम

३४.   गोपी चापागाईं

३५.   बिष्णु पौडेल

३६ .  बिष्णु घिमिरे

३७.   कलाधर खरेल (हरि)

३८.   भुपेन्द्र सुनार

३९.   नगेन्द्र पन्थी

४०.   मनोज श्रीबास्ताब

४१.   ळक्ष्मन चौधरी

४२.   कुश्माकर ढकाल

४३ .  नारायण भण्डारी

४४.   युबराज डुम्रे

४५.   राजु न्यौपाने

४६.   ऋषि अधिकारी

४७.   मिलन पौडेल

४८.   विश्व पंगेनी

४९.   मिठु भण्डारी

५०.   खुमकान्त न्यौपाने

५१.   कमल थापा

५२.   चित्र कुमार बर्मा

५३.   कृष्ण चालिसे

५४.   सुर्य सापकोटा

५५.   दुर्गा लामिछाने

५६.   सुशिला अधिकारी

५७.   मंजु ढकाल

५८.   अशोक शर्मा

५९.   बिष्णु मल्ल र बिमला मल्ल

६०.   रिम राना

६१.    सुवाश परियार

६२.    सुरेन्द्र गहतराज

 

पूर्व पश्चिम लोक मार्ग देखि बर्दघाट चुरे उद्दानको पान पोखरी सम्म जाने बाटो सहज बनाउने काम निरन्तर चलिरहेको छ। हामीले अफ्ठेरो बाटो लाई फराकिलो र सहज बनाउने काम गरिरहेका छौं। करिब ३०० मि. बाटोमा ढुंगा छाप्ने, आबस्यक ठाउँमा सिडी बनाउने आदि काम पनि भैसकेको छ। बर्दघाट चुरे उद्दानको प्रवेश पोइन्ट नजिक संकेत बोर्ड पनि रखिएको छ।

 

साहित्य सदन र यसका गतिबिधिहरु

 मान्छे कुनै न कुनै हिसाबले साहित्य संग जोडिएको हुन्छ। कोहि साहित्य सिर्जना गरेर रमाउने गर्छन भने कोहि साहित्य पढेर र सुनेर खुशी हुन्छन। त्यस्तै ब्यबस्थित क्रियाकलापको लागि हामीले उपयुक्त एरिया छुट्याई साहित्यसदन नामाकरण गरेकाछौं। हरेक शनिबार सहित्यसदनमा गाउँले दर्पणको बिशेष भूमिकामा साहित्यिक कार्यक्रम चलाउने गरेकाछौं। हामीले जीवन दर्शन, चलन चल्ती, संस्कार संस्कृति, सुख दुख, विचार र भावना आदि साझा गर्छौं, सुन्छौं र सुनाउछौं।

स्थानीय कला संस्कृति र साहित्यमा रमाउन मात्र नभई सकेसम्म यसको विकासमा योगदान दिने उद्देश्यले यो साहित्यसदन बनाईएको हो।

 

बर्दघाट  कैलाश पदमार्ग पहिलो ब्रेक थ्रु १५ असार २०८२ तदनुसार २९ जुन २०२५

१.     डोर बहादुर खत्री (दिलीप)

२.     शिव प्रसाद पाण्डे (गोपाल)

३.     कृष्ण पौडेल

४.     भरत प्रसाद शर्मा

५.     दुर्गा क्षेत्री

६.     दुर्गा भुसाल

८.     रामु बस्याल

पहिलो  बर्दघाट – कैलाश सफल पदयात्रा पछि, दिनेश न्यौपानेको बिशेष सक्रियतामा पदयात्राको काम गरियो। पदयात्राको झाडी फंडानी, संकेत राख्ने, बाटो सजिलो बनाउने आदि काम गरियो।श्रावण मासमा कैलाश जाने यो क्षेत्रका मानिसहरु लाई यहि पदमार्ग पछ्याउन प्रोत्साहन गरियो। यो कामको लागि हामीलाई स्थानीय सरकार, विभिन्न निकाय र सर्बसाधारणले उल्लेख्य मात्राको साथ, सहयोग र सद्भाव प्रकट गरे। मुख्यत: ४ बिशेष सोमबार र अन्य  बारहरुमा पनि स्थानीय बासीहरु यहि मार्गबाट कैलाश पुगेको खबर हामीलाई जानकारी छ।

पहिलो सोमबार, ५ साउन  २०८२ मा बिशेष तयारीका साथ बर्दघाट नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधिहरु, कर्मचारीहरु, अन्य लब्ध प्रतिष्ठित व्यक्तित्व हरु संगै हामी अभियन्ताहरु पनि नाच्दै गाउदै रमाइलो गर्दै बर्दघाट बाट बर्दघाट चुरे उद्दान हुँदै कैलाश गयौं।

दोश्रो सोमबार १३ साउनमा, शिक्षक शिव पौडेल को नेतृत्वमा दिव्यज्योति मा बि का विद्यार्थी हरु पनि बर्दघाट बाट बर्दघाट चुरे उद्दान हुँदै कैलाश पुग्नुभयो। हाम्रा केहि अभियन्ता हरु पनि जानुभएको थियो।

तेस्रो सोमबार ड्रिम कम्पुटर गोपिगंजका टिम जीवन न्यौपाने को नेतृत्वमा तेस्रो सोमबार १९ साउनमा बर्दघाट बाट बर्दघाट चुरे उद्दान हुँदै कैलाश पुगेको जानकारी हामीलाई प्राप्त भयो। हाम्रा अभियन्ता हरु पनि जानुभएको थियो।

अन्तिम सोमबार २६ साउन मा, अभियान को टोलि उस्तै बिशेष तयारीका साथ कैलाश गयौं। कैलाशमा हामीले भण्डारा गर्ने समेतको व्यवस्था गर्यौं। हामी संगै धेरै स्थानीय हरु र केहि संस्थाका साथीहरु पनि यसै बाटो हुदै कैलाश गएको र आएको हामीले देख्यौं।  मोटर चढी हाईवे बाट दाउन्ने बजार हुँदै कैलाश गएका केहि धार्मिक पर्यटकहरु पनि फर्किंदा पदमार्ग बाट बर्दघाट चुरे उद्दान हुदै बर्दघाट आएको पनि हामीले देख्यौं, सुन्यौं।

बर्दघाट कैलाश हाईकिङ्ग ट्रेल विभिन्न हिसाबले महत्वपुर्ण छ भन्ने हामीलाई लाग्दछ। पर्यटन, स्वास्थ्य, मनोरंजन र साहसिक यात्राको लागि मात्र नभएर यो धार्मिक हिसाबले पनि उत्तिकै महत्वपुर्ण छ। यो बाटो त घाँस दाउरा र अन्य कामको लागि यात्रा गर्नेहरुलाई पनि जरुरत भएको कुरा हामीले बुझेकाछौं।

 

सहभागिता

  • बर्मेली टोल महिला समुह (सुमित्रा रानाको अगुवाइमा) – वृक्षारोपण
  • बर्दघाट नगरपालिका नगर प्रमुख- वृक्षारोपण
  • बर्दघाट नगरपालिका उपप्रमुख – वृक्षारोपण, १ बर १ रबरको बिरुवा प्रदान
  • बर्दघाट नगरपालिका पूर्व नगरप्रमुख –१ बेलौती को वृक्षारोपण,
  • वडा अध्यक्षहरु वडा नं ४ (बेद् बिना तिवारी) र वडा नं १ (सन्दिप सापकोटा) – वृक्षारोपण
  • वडा सदस्यहरु जनक रावल, राजेन्द्र गौतम- वृक्षारोपण
  • कार्यपालिका सदस्यहरु गोविन्द बि. क. लगायत – वृक्षारोपण
  • पारिजात बन उपभोक्ता समिति अध्यक्ष कमान सिंह थापा लगायत कार्यसमिति ले फलफूलका बिरुवा ५० र अन्य विभिन्न २५ गरि ७५ बिरुवा प्रदान गरेको, वृक्षारोपण गरेको, बाँस सारेको
  • उद्योग बाणिज्य संघले वृक्षारोपण गरेको
  • बर्दघाट बजार विकास समितिले आँप, लिची, कागती, कटहर र बेल गरि ६५ वृक्षारोपण
  • बर्दघाट जेसिसले वृक्षारोपण गरेको
  • ग्रामिण बाल्मिकी साकोसले १५ आप र १०० बेल वृक्षारोपण गरेको। ग्रामिण को मोबाइल एप्स मा थपिएको नया फिचर को एक कार्यक्रम गरि सार्बजनिक गरेको
  • सशस्त्र प्रहरी र नगर प्रहरीले कैलाश पदमार्गको सरसफाई गरेको
  • पतान्जली योगा समूह – वृक्षारोपण गरेको
  • नव जीवन युवा क्लब – श्रम तथा वृक्षारोपण
  • बर्दघाट उद्योग व्यापार संघ-वृक्षारोपण
  • बर्दघाट ब्याडमिन्टन क्लब- वृक्षारोपण
  • सेक्टर बन कार्यालय बर्दघाट – बेल लगायत विभिन्न प्रजातिका करिब १२०० बिरुवा प्रदान
  • पत्रकार – कुश्माकर ढकाल (कृष्ण) गाउँले दर्पण को विभिन्न भूमिकामा बिशेष योगदान
  • पत्रकार – नारायण भण्डारी वृक्षारोपण, न्युज कवरेज र श्रम
  • पत्रकार – सरोज धिताल वृक्षारोपण र न्युज कवरेज
  • बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था – १०० आपको बिरुवा, वृक्षारोपण
  • आनन्दनगर आमा समूह – झाडी फंडानी तथा वृक्षारोपण
  • आमाको जन्मोत्सवको अवसर पारेर राजेन्द्र सुनार, भुपेन्द्र सुनार र मिलन सुनारले ६० वटा कपुरी आप रोपन गर्नुभयो। संरक्षण समेत गर्नुहुदै।
  • “गरे के हुदैन’ श्रम अभियान – श्रम तथा वृक्षारोपण
  • सुर्यज्योती युवा क्लबका अध्यक्ष जीवन न्यौपाने – वृक्षारोपण
  • बर्दघाट नगरपालिकाका बन बिज्ञ गिरिराज पन्त – वृक्षारोपण
  • प्राध्यापक – बद्रि खनाल, कृष्ण बन्धु पौडेल वृक्षारोपण
  • बर्दघाट नगरपालिका योजना शाखा अधिकृत तथा बन फोकल पर्सन – कृष्ण थापा
  • दुर्गा भुसाल – वृक्षारोपण , श्रम र बर पिपल र स्वामी रोपन
  • दीपक न्यौपाने, मेघराज अधिकारी र शिव शर्मा – वृक्षारोपण
  • कर्मचारीहरु, शिक्षकहरु, बिद्यार्थीहरु, राजनीतिकर्मीहरु, समाजसेवीहरु, बुद्धिजीविहरु, महिलाहरु, युवाहरु, उधोगीहरु, ब्यापारीहरु
  • विभिन्न संघ संस्थाका अधिकारी तथा कर्मचारीहरु

 

सहयोग र सहयोगीहरु

 

  • प्रकाश ज्ञवाली बर्दघाट ४ निवासी हाल युएइ ले नगद रु ५,०००/- अभियान को लागि प्रदान गर्नुभएको छ। त्यसबाट २ कोदाली २ हसिया १ सिकेचर र १ रोल रसि खरिद गरियो।
  • शोभाकान्त कोइराला (शिव)ले जन्मदिनको अवसरमा रु १०,०००/- आर्थिक सहयोग बोल्नुभएको छ।
  • अभियान पौडेल बर्दघाट ४ निवासी हाल न्युयोर्क अमेरिका मा अनुसन्धान तह अध्यनरत ले आफ्नो जन्मदिनको अवसरमा रु ५,०००/- प्रदान गर्नु भएको छ।
  • बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ले २ कोदाली, २ कुटो १ बेल्चा उपलब्ध गराएको छ।
  • राजु पाण्डे जय बुद्ध शिसा पसलका प्रोप्राइटर ले औजारहरु: २ कोदालो र १ गल उपलब्ध गराउनु भएकोछ।
  • नगेन्द्र पन्थी पन्थी एलेक्टरोनिक्सले केहि औजारहरु उपलब्ध गराउनु भएकोछ।
  • कृष्ण चालिसे क्रिपेश सप्लायर्स ले १ गैंती उपलब्ध गराउनु भएकोछ।
  • चोलाकान्त भट्टराई (कृष्ण) ले गैंती र घन औजार हरु उपलब्ध गराउनु भएको छ।
  • राजेन्द्र सुनार ले आफ्नो जन्म दिनमा बर्दघाट चुरे उद्दानमा पानी ल्याउनको लागि सहयोग स्वरुप १ रोल पाइप बोल्नु भएको छ।

मिडियाकाे क्षेत्रबाट अहिले सम्म सहयोग 

  • गाउँले दर्पण अनलाइन
  • न्युज कुरा अनलाइन
  • गोरखापत्र अनलाईन

नियमित काम

  • वृक्षारोपण र संरक्षण
  • आगलागी नियन्त्रण
  • पशु चरिचरन नियन्त्रण
  • बाटो सहज बनाउने : ढुंगा छाप्ने तथा खन खोसर गरि सजिलो बनाउने
  • सौन्दर्यिकरणको कार्य : बाटो को दुवै पट्टि र पोखरी को छेउछाउ, चौर आदिमा
  • ५ पोखरी निर्माण र संरक्षण – २ बन्यो ३ बनाउन बाँकि छ।
  • चौतारो निर्माण : बर पिपल स्वामी भएको ठाउमा ठुलो चौतारो निर्माण गर्ने।

 बिरुवा विवरण

 

क्र. सं. नाम संख्या
बेल १,०००
आप २००
कटहर १५०
शितल चिनी १००
बेलौती ७०
नासपाती ५०
उखु ५०
पारिजात ५०
सयपत्री फुल ५०
१० केतुकी ४०
११ कागती ३०
१२ बर, पिपल, स्वामी ३०
१३ लिची २०
१४ तेजपत्ता २०
१५ नीम २०
१६ भुइँकटर २०
१७ सल्ला १२
१८ अन्य तरकारी १०
१९ चिउरी
२० सिमल तरुल
२१ धुपी
२२ तुलसी
२३ अमला
२४ केरा
२५ रक्त चन्दन
२६ अशोका
२७ क्रिसमस
२८ काब्रो
२९ अन्जिर
३० फुल प्रजाति १००
३१ बिबिध ७५

 

बिशेष बजेट चाहिने योजनाहरु 

  • पानीको व्यवस्था
  • सोलार बत्ती
  • प्रवेश द्वार बनाउने
  • साघु वा झोलुङ्गे पुल
  • समग्र प्रोजेक्टको DPR बनाउने
  • अबलोकन अध्यन अनुसन्धान केन्द्र बनाउन पहल गर्ने
  • दशैमा पिङ्ग हाल्ने र चंगा उडाउने व्यवस्था मिलाउने
  • साहित्यिक गतिबिधिमा बढावा दिने
  • साहसिक मनोरन्जनको सम्भाव्यता अध्यन गर्ने
  • औजार र अन्य सामग्री सुरक्षित राख्नको लागि एक Store room
  • बर्दघाट चुरे उद्दान को बोर्ड
  • कैलाश ट्रेलको स्तरोन्नति गर्ने
  • भ्यु पोइन्ट को विकास गर्ने
  • ट्री हाउस बनाउने

 

नोट ः यसमा प्रकाशीत सम्पूर्ण तथ्याङ तथा विवरणहरु अभियान्ताहरुवाट दिइएको हुबहु रहेको छ र केहि छुटेमा जानकारी गराउन पनि अभियान्ताहरुले अनुरोध गरेका छन । साथै यो अभियानलाई सफल बनाएर बर्दघाट नगरको आर्थिक उन्नती र सामाजिक पहिचानका लागि सबैलाई यो अभियानमा एकाकार हुन अनुरोध पनि गरीन्छ । – सम्पादक