कृष्ण ढकाल
बर्दघाट,भदौं–५
२००८ साल असोज २९ गते सोमवार तानसेन–१,पाल्पामा पिता डण्डपानी र आमा केशरी बस्यालको कोखबाट जन्मनु भएका चुरामणी बस्याल अहिले बर्दघाट–४, बर्दघाटमा बस्दै आउनु भएको छ । कुनै बेला बर्दघाटको बस्याल चिया पसलका “बस्याल बा” का नामले प्रसिद्ध चुरामणी बस्यालले अहिले “नयाँ पुस्तालाई सन्देश” नामक कृति प्रकासन गर्नु भएको छ ।
८ कक्षा सम्म मात्र पढेर २० बर्षमा विवाह गरी आफ्नो जिवन यात्रा चलाई रहनु भएका बस्यालले आफ्ना सन्तानहरुको जिम्मेवारी पुरागरी घरमा बसिरहदा २०८२ सालमा पहिलो पटक “नयाँ पुस्तालाई सन्देश” नामक कृति प्रकाशन गर्नु भएको हो ।
लेखकको आफनै यथार्थ जिवनी र स्मृतिहरुबाट शुरु गरीएको “नयाँ पुस्तालाई सन्देश” नामक कृतिमा २२ वटा शिर्षकमा बिभिन्न प्रकृतिका सन्देश मुलक रचनाहरु समावेश गरीएका छन ।
जिवन र जगतका बिषयहरु देखि धर्म,संस्कार,संस्कृति,विकृति,ईतिहास,देश,परिवेश, अर्थि,उपदेश र राजनिति सम्मलाई छुनेगरी रचिएका रचनाहरु उक्त कृतिमा समावेस भएको पाईन्छ । १ सय ३ पृष्ठ रहेको उक्त कृतिमा शुरुका ४ पृष्ठ लेखकको आफनै यथार्थ जिवनी रहेको छ भने ५ पृष्ठ देखि ३० सम्म बिभिन्न प्रकृतिका सन्देश मुलक रचनाहरु रहेका छन ।
त्यसैगरी पृष्ठ ३१ देखि ३८ सम्म क देखि ज्ञ सम्मका अक्षरबाट रचीएका रचनाहरु समावेश गरीएको छ भने ३९ देखि ४१ सम्म अ देखि अः सम्मका अक्षरवाट आउने रचनाहरु र ४० खेदि १ सय ३ सम्मको पृष्ठमा क का कि कि देखि ज्ञ ज्ञा ज्ञी को ज्ञः सम्म सबै अक्षरवाट रचिएका रचनाहरु समावेश गरीएको छ ।
लेखक बस्यालले आफनो मनोसंवादलाई समेत रचनामा अर्थि,उपदेशका रुपमा समावेश गरेको पाईन्छ । सानै उमेर देखि संघर्षसील जिवन यापन गरेर नै आफ्ना सन्तानहरुको पालन पोषण गरेको स्मरण गर्दै कुनै पनि काम सानो नहुने सन्देश दिन लेखक बस्यालले आफ्नो चिया पसलको उदाहरण प्रस्तुत गर्नु भएको छ ।
सानो टंकीमा राखेको चिया पसलले आफ्ना ५ सान्तानहरु र आफु श्रीमान श्रीमतीको राम्रो गुजारा चलेको सन्देश कृर्तिको शुरुमा नै प्रस्तुत आलेखमा समावेश गरीएको छ ।२ सय मुल्य राखिएको उक्त कृति पहिलो संस्करणमा ५ सय प्रति प्रकाशन गरीएको छ ।