Bardaghat Na pa

पुर्ण संस्थागत सेवायुक्त पालिका प्रतापपुर जिल्लामै प्रथम

509
श्याम थापा

सुस्ता,१७ असार

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका पुर्ण संस्थागत प्रसुति सेवायुक्त पालिकामा जिल्लामै प्रथम भएको छ ।
प्रतापपुर गाउँपालिकालाई पुर्ण सस्थागत प्रसुति सेवायुक्त गाउँपालिका हरु मध्ये जिल्लामै प्रथम भएको एक समारोह विच घोषणा गरिएको छ ।
गाउपालिका भित्रका सबै गर्भवती महिलाहरु प्रोटोकल अनुसारको चार पटक गर्भ जाँच र स्वास्थ्य सस्थामा प्रसुति गराउने संख्या सतप्रतिशत पुगे पश्चात प्रतापपुर गाउपालिकालाई पुर्ण सस्थागत प्रसुति सेवायुक्त गाउपालिका घोषणा गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी,गैरसरकारी संघसस्था,महिला स्वास्थ्य स्वम्सेविका,स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुको विचमा जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले प्रतापपुरलाई जिल्लामै प्रथम पुर्ण सस्थागत प्रसुति सेवायुक्त गाउपालिका घोषणा गरेका थिए । घोषणा पश्चात उनले गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए । साथै उक्त कार्यक्रममा सहयोगी संघसस्था तथा ब्यक्तिलाई सम्मानपत्र,कदरपत्र समेत प्रदान गरिएको थियो ।
घोषणा पश्चात गाउपालिका अध्यक्ष यादवले सम्पुर्ण स्वास्थ्यकर्मी र संघसस्थालाई धन्यवाद ज्ञापन गर्दै यो निरन्तरताका लागि पनि निरन्तर काम गर्नु पर्ने आवश्यकता समेत उनले औलयाएका थिए ।
घोषणा गर्नु गौरवको कुरा हो,उनले भने,तर अगामी दिनमा यसलाई निरन्तरता राखिराख्नु चुनौतीलाई ख्याल गरेर काम गर्नु पनि आर्को आवश्यकता हो । गाउपालिकाले स्वास्थ्य क्षेत्रका हरेक सुचकलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार काम गर्नका लागि लागि परेको बताएका थिए ।