sunwal

प्रेस चौतारी नेपाल नवलपरासीध्दारा तीन जना सञ्चार मजदूरहरूलाई सम्मान

471

बर्दघाट ,बैशाख १८
प्रेस चौतारी नेपाल नवलपरासीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज जिल्लाका तीन जना सञ्चार मजदूरहरूलाई सम्मान गरेको छ । प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष गौरीशंकर जैसवालको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौतीप्रसाद यादव रुदलको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सञ्चार मजदूरहरूलाई सम्मान गरीएकाे थियाे ।
सम्मान कार्यक्रममा बोल्दै समन्वय प्रमुख यादवले आमसञ्चार माध्यमको विकासका लागि जिल्लाका सवै पालिकाहरूसँग समन्वय गर्ने बताउनु भएको थियाे । सामुदायिक रेडियो परासीमा प्राविधिकको रुपमा कार्यरत रुपेश राजभर, परासी पत्र साप्ताहिक पत्रिकाको डिजाइनर हिमाल आले र पत्रिका कै वितरक अमरराज कहाँरलाई आज प्रेस चौतारी नेपाल नवलपरासीले सम्मान गरिएको हाे ।

सम्मान कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोग सदस्य मोहन पौडेल, लुम्बिनी प्रदेश सदस्य यमकुमारी सुवेदी, नेपाल पत्रकार महासंघ, नवलपरासी शाखाका अध्यक्ष केशव पराजुली, महासंघका निवर्तमान अध्यक्ष हरि शर्मा, चौतारीका जिल्ला उपाध्यक्ष सुरेश यादव लगायतले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियाे ।