Bardaghat Na pa

बर्दघाट इन्लाइटेन्ड इङलिस स्कुलकाे वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

505

कृष्ण ढकाल

बर्दघाट,माघ-२९

बर्दघाट इन्लाइटेन्ड इङलिस स्कुल,बर्दघाट-२,चिसापानीकाे ३१ ओैँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।

विधालयका प्रिन्सिपल ईश्वरी प्रसाद कंडेलकाे अध्यक्षता र दिब्यज्याेती बहुमुखी क्याम्पस ,चिसापानीका क्याम्पस प्रमुख सागरमणी पाण्डेको प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा ,जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठ,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल,समाजसेवी माया पाैडेल लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

बिधालयकी शिक्षिका रस्मिता भण्डारी (अधिकारी )काे सञ्चालन र विनिता पाैडेल (कंडेल )काे स्वागत मन्तब्यवाट शुरु भएकाे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सागरमणी पाण्डेले विधालयहरुकाे भाैतिक सम्पन्नता र बिधार्थीहरुकाे संख्याबृध्दि भन्दा विधालयबाट प्रदान गरिने शिक्षाको गुणस्तरीयता नै सबै भन्दा महत्त्वपूर्ण रहने बताउनु भयाे । प्रमुख अतिथि पाण्डेले समय सापेक्ष शिक्षण सिकाइ र सिपयुक्त शिक्षा अहिलेकाे आवश्यकता रहेकाे बताउदै आफुले पनि आफ्नो क्षेत्रबाट कुनै सहयोग गर्नपरे आफू तयार रहेकाे धारणा राख्नु भएकाे थियाे ।

त्सयैगरी जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठले आफुले सानाेमा अध्ययन गरेकाे बर्दघाट इन्लाइटेन्ड इङलिस स्कुलकाे ३१ ओैँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा विषेश अतिथिको रुपमा आउन पाउँदा खुशी ब्यक्त गर्नु भएकाे थियाे ।

उहाँले विधालयकाे पहिले र अहिलेकाे तुलनात्मक विषलेशणगर्दै प्रिन्सिपल ईश्वरीप्रसाद कंडेलले अनवरत रुपमा गरेकाे लगावका कारण बिधालय अहिलेको अवस्थामा आएकाे बताउनु भयाे ।

बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण) ले शिक्षकहरुले विधार्थीहरुलाई पढाउने भन्दाबढी सिकाउने तर्फ केन्द्रीकृत हुनुपर्नेमा जाेडदिनु भएकाे थियाे । घाेकन्ते बिधा भन्दा सीप र ज्ञान युक्त शिक्षा प्रदान गर्नका लागि सिकाईविधिमा जाेडदिनु पर्ने उहाँकाे धारणा रहेकाे थियाे । विधार्थीहरुलाई पढाइ सँगसँगै नृत्य ,नाटक र अतिरिक्त कार्यक्रममा सक्रिय बनाएर ३१ ओैँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा विधार्थीका प्रतिभालाई अभिभावक सामु प्रस्तुत गरेकाेमा खुशि ब्यक्तगर्दै आगामीदिनमा अझै प्रस्कृतभएर अघिबढन शुभकामना समेत दिनु भएकाे थियाे ।

त्यस्तै समाजसेवी माया पाैडेलले पहिले भन्दा अहिले विधालयले हरेक क्षेत्रमा प्रगति गरेकाे भन्दै विधालय परिवारलाई धन्यवाद प्रदान गर्नु भएकाे थियाे ।

२०५१ सालमा स्थापना भएकाे बर्दघाट इन्लाइटेन्ड इङलिस स्कुल,बर्दघाट-२,चिसापानीकाे ३१ ओैँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम विधार्थीहरुले विभिन्न जातजातिको पहिचान झल्कने नृत्य गरेका थिए भने विधालयले बिधार्थीहरुकाे वार्षिक रिजल्टकाे पुरस्कार वितरण समेत गरेकाे थियाे ।