sunwal

सरावल ४ मंगलापुरमा सप्तचण्डी महायज्ञकाे तयारी पुरा .

114

उमेश बि.क 

सरावल,माघ–२०

नवलपरासीको सरावल गाउँपालिका भइसकेको छ। पृथ्वी युवा क्लब मंगलापुर तथा पृथ्वी बस्ती मंगलापुर गाउबासिकाे संयुक्त अायाेजनामा हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास एवम् राममजानकी मन्दिर निर्माणका लागि माघ २१ गतेदेखि २९ गतेसम्म सन्चालन हुने श्री श्री १०८ सप्तचण्डी महायज्ञकाे सम्पूर्ण तयारी पूरा भईसकेकाे महायज्ञ संयाेजक जनमेजय यादवले जानकारी दिनुभएको छ । सप्तचण्डी महायज्ञमा माघ २१ गते मंगलबार ५०१ कलश सहित कलशयात्रा शुभारम्भ गरिनेछ । माहायज्ञको अवसरमा अाज साेमबार राममजानकी मन्दिर तथा मंगलापुरकाे गाउँघर, बाटाेघाटाे सरसफाइ गरिएको छ। माहायज्ञमा प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पुजा अर्चना कार्यक्रम ,प्रत्येक दिन बिहान ११ बजेदेखि १ बजेसम्म प्रबचन कार्यक्रम ,प्रत्येक दिन दिउसो १ बजेदेखि ३ बजेसम्म रामलिला कार्यक्रम,प्रत्येक दिन दिउँसो ३ बजेदेखि साझ ६ बजेसम्म पुजापाठ कार्यक्रम,प्रत्येक दिन साझ ८ बजेदेखि रामलिला कार्यक्रम ,यज्ञ समापन २९ गते तथा प्रसाद बितरण कार्यक्रम फाल्गुन १ गते बिहीबार हुने महायज्ञ संयाेजक यादवले जानकारी दिनुभएको छ । अचार्य जि बिनाेद पाण्डेले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।