Bardaghat Na pa

गुल्मेली एकता समाज सैनामैनाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

162

माधब घिमिरे
सैनामैना,पौष–७
गुल्मेली एकता समाज सैनामैनाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्था अध्यक्ष दिर्घ नारायण पाण्डेको अध्यक्षता र लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन वरालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएके थियो ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री वरालले गुल्मी जिल्लाबाट आएका सबै गुहजिल्ला वासीहरुलाई एकवद्ध रुपमा संगठीत गर्ने कार्य गरेको प्रति गुल्मेली एकता समाज सैनामैनालाई धन्यवाद प्रकट गर्नु भएको थियो । उहाँले आफ्नो जिल्लाको पहिचान र संस्कृतिलाई पनि जोगाउने गरी अघिबढ्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल विधुत प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख हरि प्रसाद पाण्डे, गुल्मेली एकता समाज सैनामैनाका सरक्षक शिवलाल अर्याल लगाएतले बोल्दै सबै गुल्मेलिहरुलाई एकरुपतागर्दै अघि बढ्न र सदस्यता वितरण नभएकालाई सदस्यता वितरणमा ध्यान दिनु पर्ने धारणा राख्नु भएको थियो ।

समाजका महासचिव पुष्कर भुसालको सञ्चालन रहेको कार्यक्रममा समाजको वार्षीक कुल आम्दानी ८ लाख ५७ हजार ६ सय ५१ रुपैया र १ लाख ६३ हजार २ सय ९५ मा खर्च तथा ६ लाख बैंक
मैजात रहेको प्रविेदन प्रस्तुत गरीएको थियो ।
२०८० जेष्ठ १५ गते भएको गुल्मेलीहरुको भेलाले सुशील भण्डारी को संयोजक भेला आयोजक समिति गठन गरेर जेष्ठ २० गते दिर्घ नारायण पाण्डे को अत्यक्षता बनेको तसर्थ समितीबाट शुरु भएको यो संस्थाले २०८० भदौ २० गते विधिवत रुपमा बैधानिक्ता पाएको थियो ।
अहिले १६ जना बिशिस्ट सदस्य ,२ सय १६ जना आजिवन सदस्य र २ सय १२ जना साधारण सदस्य गरी जम्मा ४ सय ४४ जना यस समाजमा आवद्ध रहेको संस्थाका अध्यक्ष दिर्घ नारायण पाण्डेले बताउनु भएको छ ।