Bardaghat notish

राष्ट्रिय लोक दोहोरी दिवस बर्दघाटमा मनाईयो

176

पप्पु रेग्मी
बर्दघाट, फागुन–२९
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पश्चिम नवलपरासीको आयोजनामा बर्दघाट ४ मा रहेको स्व. लोक बहादुर क्षेत्री स्मृति पार्कमा आईतवार राष्ट्रिय लोक दोहोरी दिवस २०७८ मनाईएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला अध्यक्ष भरत पौडेल क्षेत्रीको अध्यक्षता र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्विनी प्रदेशका सचिव टिकाराम लुईटेलको प्रमुख आतिथ्यतामा राष्ट्रिय लोक दोहोरी दिवस २०७८ मनाईएको हो।
कार्यक्रममा संस्थाका सल्लाहाकार प्रेम कामु, निवर्तमान लुम्विनी अञ्चल कमिटिका उपाध्यक्ष उत्तमध्वज के।सी। लगाएतले गित संगित र लोक दोहोरीका वारेमा आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । उहांहरुले अहिले गित संगितमा आएको विक्रिती र विसंगतीका वारेमा सबै सर्जकहरु एक भएर संस्कार,संस्कृति र नेपाली मौलिकतालाई जोगई राख्नका लागि पहल गर्नु पर्नेमा जोड दिनु भएके थियो ।

त्यसैगरी नवलपरासी जिल्लाको गहनाका रुपमा रहेका स्व. लोक बहादुर क्षेत्रीको स्मरण गरेरमात्र नहुने भन्दै त्यसका लागि अझै नया योजनाका साथ अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको स्वागत रमेश पराजुलीले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव भुपराज न्यौपानेले गरेका थिए ।