Jilla Ban Notis

बर्दघाट नगरपालिका वडानं २ लाई १५औँ पुर्ण संस्थागत सुत्केरीवडा घोषणा गरीयो ।

0 42

कृष्ण ढकाल
बर्दघाट,पौष–२८

बर्दघाट नगरपालिकाले बुधवार वडा नं २ लाई १५ औँ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर २ की वडाध्यक्ष दया दर्लामीको अध्यक्षता र नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको पुर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा उप–प्रमुख मायादेवी पौडेल,प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याय, महिला स्वास्थ्य स्वयंसेविका दधिकला पौडेल लगाएतले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो ।

बर्दघाट नगरपालिकाका १६ वटा वडाहरु मध्ये वडा नं २ लाई १५ औँ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरीएको छ भने वांकीरहेको वडा नम्वर ४ लाई अब पुर्ण संस्थागत सुत्केरी नगर घोषणा गर्नेक्रममा संगैगर्ने तयारीमा रहेको नगर प्रमुख बस्यालले बताउनु भएको छ ।

पुर्ण संस्थागत सुत्केरी वडा घोषणा सकिए र अब नगरलाई नै घोषणा गरेसंगै बर्दघाट नगरपालिका नेपालमै पहिलो सस्थागत सुत्केरी नगर घोषणा हुने नगर प्रमुख बस्यालको भनाई रेको छ ।

त्यस्तैगरी कार्यक्रममा बोल्दै उप–प्रमुख मायादेवी पौडेलले अब गाउँ –गाउँबाट स्वास्थ्य सेवा उपलब्ध हुने भएकाले महिलाहरुले सुत्केरीहुदा अब प्रसब लिएरलिएर टाढाँ जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनु भएको थियो ।

घोषणा कार्यक्रममा दिएको जानकारी अनुसार बर्दघाट वार्डनम्बर २ मा ०७७ श्रावण देखी ०७८ असार सम्म १ सय ३६ जना महिलाहरु गर्भवति भएका छन जस्मध्ये १ सय ३३ जना स्वास्थ्य सस्थामा गएर सुत्केरी भएको प्रतिबेदन पेश गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.