Jilla Ban Notis

लुम्बिनी विकास बैंकको बर्दघाट शाखा कार्यालय समुद्घाटन ।

0 23

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१९
लुम्बिनी विकास बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा आज बर्दघाटमा शाखा कार्यालय समुद्घाटन गरेको छ । काठमाण्डौंमा आफ्नो केन्द्रिय कार्यालय रहेको सो बैंकले आज एक कार्यक्रमका विच बर्दघाटमा आफ्नो शाखा कार्यालयको समुद्घाटन गरेको हो ।

बैंकका संचालक केशव खतिवडाको अध्यक्षता र बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवि पौडेललको प्रमुख आतिथ्यतामा उक्त शाखा समुद्घाटन कार्यक्रम सम्पन्न् भएको थियो ।
सो अवसरमा बोल्दै नगर उपप्रमुख पौडेलले बर्दघाट नगरक्षेत्रमा पछिल्लो समय बैंक तथा वित्तिय संंस्थाहरुको आर्षण बढ्दै गएको बताउदै त्यसले नगरक्षेत्रको आर्थिक तथा सामाजिक विकासमा थप मज्वुत पार्नेमा आफु विश्वस्त रहेको धारणा राख्नु भएको थियो ।

लुम्बिनी विकास बैंकका दिपक खनालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बर्दघाट उद्योग वाणीज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने,बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष धातानन्द बस्याल ,लगाएतको उपस्थिती रहेको थियो ।

शाखा समुद्घाटनका अवसरमा आयोजकवाट ग्राहक ,शेयरधनी, नियामक निकाय लगायत सम्पूर्ण प्रति बैंकलाई सहयोग र शुभेच्छाको आवश्यकता रहेको भन्दै सबैलाई सहयोगी बन्नीदिन आग्रह गरीएको थियो ।
सबैको सहयोग भएमा आगामी दिनमा थप आधुनिक, गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा निरन्तर सहयात्राका साथ प्रदान गर्दै जाने प्रतिवद्धता समेत आयोजकले व्यक्त गरेका थिए ।

निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभर शाखाहरु विस्तारको क्रममा रहेको लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गरी उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्कबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको जानकारी गराएको थियो ।

Leave A Reply

Your email address will not be published.