Bardaghat Na pa

वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्वन्धि कार्यक्रम सम्पन्न् ।

70

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१५
ग्लोबल आइएमई बैंक बर्दघाट शाखाले आज वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्वन्धि कार्यक्रम सम्पन्न् गरेको छ । बर्दघाट क्ष्ँेत्रका ब्यापारी,उद्योगी, ब्यवसायी,बिद्यार्थी ,पत्रकार तथा बैकका सेवाग्राहीहरुको सहभागितामा उक्त वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्वन्धि कार्यक्रम बर्दघाटमा सम्पन्न् गरीएको हो।

बैंकका बर्दघाट शाखा प्रमुख अनिल भण्डारीको स्वागतवाट शुरु भएको कार्यक्रममा ग्लोबल आइएमई बैंकका केन्द्रिय कार्यालयका प्रतिनिधि ज्वाजल्पा जोसीले डिजिटल बैंक र त्यसको प्रयोग तथा प्रभावकारीताका वारेमा सहजीकरण गर्नु भएको थियो । उहांले बैंकले डिजिटल माध्यमवाट प्रदान गर्दै आएका सेवा सुविधाहरुको प्रभावकारीता र त्यसको प्रयोग गर्दा हुने फाईदाका बारेमा जानकारी दिनु भएको थियो।

त्यसैगरी ग्लोबल आइएमई बैंकका केन्द्रिय कार्यालयकी रेमिटान्स डिपाटमेन्ट प्रमुख स्वयक्षा रानाले वित्तिय साक्षरतासंगै बैंक के हो ?,बैंक किन आवश्यक पर्छ ?,बैंकका सेवा सुविधाहरुका वारेमा कसरी सजिलै थाहा पाउन सकिन्छ भन्नेवारेमा सहभागिहरुलाई जानकारी प्रदान गर्नु भएको थियो । त्यसैगरी क्युआर सेवा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड सम्बन्धी जानकारी गराउदै विभिन्न बहानामा आफ्न्तीहरुवाट पनि ठगीन सकिने भएकाले आफ्नो ओपिडी कोड पासवर्ड, पिनकोड कसैलाइ नदिन अनुरोध गर्नुभयो।

बैंकको केन्द्रिय निति अनुसार लुम्बिनी प्रदेश अन्र्तगतका ग्लोबल आइएमई बैंकका शाखाहरुमा अहिले वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्वन्धि कार्यक्रम संचालन भैरहेको र सोही अभियान अन्र्तगत आज बर्दघाटमा पनि कार्यक्रम गरीएको बैंकका बर्दघाट शाखा प्रमुख अनिल भण्डारीले बताउनु भएको छ।