Jilla Ban Notis

राजनितिक र सामाजिक क्षेत्रसंगै ब्यवसायिक क्षेत्रमा फक्रदै फुलकुमारी

0 47

राजनिति र सामाजिक नेतृत्वसंगै आफ्नो ब्यवसायलाई समेत समान्नतर रुपमा अघि बढाउदै गरेकी बर्दघाट–४,हरियाली नगर निवासी फुलकुमारी गिरी (सिमा ) को राजनितिक र सामाजिक क्षेत्रसंगै ब्यवसायिक क्षेत्रमा पनि निक्कै प्रभावकारीता बढेर गएको छ ।

सामाजिक संघ–संस्थाहरुको नेतृत्वमा रहेर जिम्मेवारी बहन गर्न र राजनितिक जिम्मेवारीलाई कुशलता पूर्वक जिम्मेवारी वहन गर्न सक्ने क्षमता भएकी चतुर अनि कुटिल स्वभावकी फुलकुमारी गिरीले आफ्नो ब्यवसायलाई पनि उत्तीकै सफल बनाउदै अघि बढी रहनु भएको छ। त्यतिमाहैन राजनितिक क्ष्ँेत्रमा पनि आफुलाई अब्बल महिलाका रुपमा सावित गर्दै नेकपा एमाले पार्टीको जिल्ला सचिवालय सदस्यमा रहेर पार्टीले दिएको जिम्मेवारी कुसलता पूर्वक सम्पन्न् गर्दै आउनु भएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीको समायोजनसंगै एमालेको राजनितिक यात्रामा जुट्नु भएकी फुलकुमारी पार्टीको विभाजन पछि छुट्टिएको पार्टीमा नगएर एमालेमै रही भर्खरमात्र नवपरासी निवार्चन क्षेत्र नं. १ को निर्वाचन संयोजकको जिम्मेवारी समेत कुसलता पूर्वक सम्पन्न् गर्नु भएको थियो ।

२०६० सालमा नेकपा माओवादी केन्द्रमा आवद्ध भएर राजनितिक यात्रामा होमीनु भएकी गिरी अहिले आफुलाई नेकपा एमालेको सच्चा सिपाहिका रुपमा जनता माझ परिचित भएर स्थापित हुने लक्ष्यका साथ अघि बढेको बताउनु भएको छ ।

राजनितिक जिम्मेवारीलाई सहज र सरल तरीकाले बहन गर्न सक्ने क्षमता भएकै कारण तात्कालिन नेकपा माओवादी केन्द्रले गिरीलाई २०६३ सालमा साविकको माकर गाविसको ईलाका कमीटीको जिम्मेवारी प्रदान गरेथियो भने २०६५ सालमा अखिल नेपाल महिला संघ (क्रान्तीकारी)को केन्द्रीय सदस्यमा मनोनयर गरेको थियो । त्यसैगरी पार्टीको वडाअध्यक्ष हुदै जिल्ला सचिवालय सदस्य सम्मको जिम्मेवारी गिरीलाई दिईएको स्वयम फुलकुमारी गिरी (सिमा )ले बताउनु भएको छ ।

साविक नवलपरासी जिल्लाको पिठौली गाविस वडा नं.७ हालको कावासोती नगरपालिका वडा नं. ११ लोकाहाका शिवलाल गिरी र जमुना गिरीको कान्छी छोरीका रुपमा जन्मीनु भएकी फुल कुमारी गिरी (सिमा) को २०५४ साल असारमा दाङ्गको लालमटिया गाविस हालको राप्ती गाउँपालिका निवासी लालु गिरीसंग विवाह भएसंगै उहां २०६० सालमा नवलपारसीको बर्दघाट आएर आफ्नो राजनितिक यात्रा शुरु गर्नु भएको थियो ।

२ छोरी र एक छोराकी आमा समेत रहेकी फुलकुमारी सामाजिक क्षेत्रमा समेत सक्रिय रुपमा रहनु भएको छ । गिरीले २०६८ साल देखि २०७४ साल सम्म स्थानिय शान्ति समिति नवलपरासीको जिल्ला सदस्य भएर काम गर्नु भयो भने अहिले जिल्ला वचत संघ नवलपरासीको उपाध्यक्ष र प्रदेश वचत तथा ऋण सहकारी संघको संचालन सदस्य समेत रहनु भएको छ।

राजनितिक र सामाजिक क्ष्ँेत्रमा फक्रदै गर्नु भएकी फुलकुमारी आफ्नो ब्यवसायिक क्षेत्रमा समेत क्रमशः फक्र थाल्नु भएको छ । अरुको भरमा बाच्नु भन्दा आफ्नो भरमा बाच्ने कोसिस गर्नु पर्छ भन्ने सोंच लिएकी गिरीले सामाजिक सन्देश समेत दिने उद्धेश्यले अन्तराष्ट्रिय श्रमीक महिला दिवसको दिन पारेर बर्दघाट कवाड कलेक्सन संचालनमा ल्याउनु भएको छ । एकपटक प्रयोग गरेर फालिएका वस्तुहरुको संकलन गर्ने ब्यवसायलाई आफ्नो मुख्य ब्यवासय बनाउनु भएकी गिरीले ब्यवसायलाई प्रभावकारी बनाउन आफै रातदिन खटिनु हुन्छ ।

Leave A Reply

Your email address will not be published.