Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं. २ र ३ को नवनिर्मित वडा कार्यालय उद्घाटन ।

0 41

बर्दघाट,असोन–२२
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. २ र ३ को नवनिर्मित वडा कार्यालयको उद्घाटन गरिएको छ । बर्दघाट २ चिसापानीस्थित नवनिर्मित वडा कार्यालय भवनको एक समारोहकाबीच बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले उद्घाटन गर्नुभएको हो ।

आ.व.२०७२/०७३ सालमा नगरपालिकाबाट खोप केन्द्र भवन निर्माणका लागि विनियोजन गरीएको एक लाख ५६ हजार,जागृति आमा समूहबाट २० हजार १०५ र पन्ध्र सय ईट्टा, शहरी विकास मन्त्रालयबाट रु तीन लाख, २०७३/०७४ मा शहरी विकास मन्त्रालयबाट रु ६ लाख, बर्दघाट नगरपालिकाबाट रु दुई लाख,आव २०७६/०७७ मा वडा नं. २ को कार्यालयबाट रु ६ लाख, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट रु दुई लाख, २०७७/०७८ मा नगरपालिकाबाट रु दश लाख, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट रु एक लाख ९२ हजार, नगर प्रमुख धीरज शर्मा बस्यालबाट रंगरोगनका लागि एक लाख ९३ हजार २३०, चन्दा संकलन रु दुई लाख ५६ हजार ३४६, शिलालेखका लागि नगरपालिकाबाट रु ६२ हजार गरी मार्वलबाहेक ४० लाख दश हजारको लागतमा भवन निर्माण सम्पन्न भएको निर्माण समितिका सचिव लोकेन्द्र बहादुर चन्दले बताउनुभयो ।

वडा नं. २ का वडाध्यक्ष दया दर्लामीको अध्यक्षता तथा नगर प्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नगर उपप्रमुख मायादेवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्य, नेकपा एमालेका डिपि श्रेष्ठ, कांगेसका टुकबहादुर पौडेल, जनमोर्चाका चन्द्रबहादुर गाहा लगायतले शुभकामना व्यक्त गर्नभएको थियो ।

Leave A Reply

Your email address will not be published.