Jilla Ban Notis

जनउदय सामुदायिक बन उपभोक्त समूहकाे नवाै बार्षिक साधारणसभा सम्पन्न

0 46

गाैरीशंकर जयसवाल
परासी १६ असाेज
जनउदय सामुदायिक बन उपभोक्त समूहकाे नवाै बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । पश्चिम नवलपरासीकाे सुनवल नगरपालिकाकाे वडा न ३ किर्तिपुरमा रहेकाे समुदायिक भवनमा आज बार्षिक साधारणसभा सम्पन्न भएकाे हाे ।
बार्षिक साधारणसभामा समूहका सचिव टेक बहादुर थापाले सचिवकाे प्रतिबेदन र समूहकी काेषाध्यक्ष कमला थापाले अ; बा ०७८/०७९ अनुमानित बार्षिक आयव्याय १ कराेड २७ लाख १२ हजार प्रस्तुत गरेकी थिईन । २०५४ साल माघ ९ बिधिवत दर्ता गरि संचालनमा आएकाे उक्त बनकाे क्षेत्रफल ५ बिगाह फैलिएको छ भन १९९.५० हेक्टर तथा बैज्ञानिक कारण गरि क्षेत्रबिस्तार गरि हाल २७७.७३ हेक्टरमा फैलिएको समुहका अध्यक्ष बलबहादुर थापाले जानकारी दिए ।
उक्त समूहकाे कार्यक्षेत्र सुनवल नगरपालिकाकाे वडा ३ किर्तिपुर,१ किर्तिपुर २ नदुवा टाेल सुनवल नगरपालिकाकाे वडा ६ तिलकाना ,सुनवल नगरपालिकाकाे वडा २ बर्गदहि र पाल्हिन्नदन गाउँपालिकाकाे वडान २ काे साबिककाे हरपुर वडा न ४,५र ८ कार्य क्षेत्र रहेकाे अध्यक्ष थापाले बताए ।उक्त सामुदािय बनबाट ७२०० घरधुरी लभाबिन्त रहेकाे सामुदािय बनका संस्थाका सचिव टेक बहादुर थापाले जानकारी दिए ।


जनउदय सामुदायिक बन उपभोक्त समूह सुनवल किर्तिपुरका अध्यक्ष बल बहादुर थापाकाे अध्यक्षयता तथा सुनवल नगरपालिकाकाे वडान ३ का वडअध्यक्ष कर्ण बहादुर सेनकाे प्रमुख अथिथ्यतामा कार्यक्रम मा बाेल्दै सरकारले बैज्ञानिक बन व्यवस्थापन गर्दा केही सामुदायिक बनहरूले अनियमितता गर्दा सबै सामुदायिक बनहरूकाे धेरै याेजनाहरूकाे अधुरै रहेकाे र भुक्तानी प्रक्रिया अवरूद्व भएकाे हुर्दा सामुदायिक बनहरू मारमा परेकाे बताए ।
उनले बनकाे बिकास हुदाँ राेजगारीकाे अवसरमा बृद्वि भएकाे बताए ।बार्षिक साधारणसभामा सुनवल सब डिभिजन बन रमपुरवाका प्रमुख जितेन्द्र सिह खड्का ,सुनवल नगरपालिकाकाे सामुदायिक बनका नगर अध्यक्ष दिलिप चापागाईं,किर्तिपुर टाेल बिकास संस्थाका अध्यक्ष कर्ण बहादुर मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.