Jilla Ban Notis

प्रचण्डको सत्तामोहकै कारण नेकपा फुटेर देश अस्थिरता तिर गएको हो ः हरीजन

0 53

कृष्ण ढकाल
बर्दघाट,भदौ–२५
प्रचण्डको सत्तामोहकै कारण नेकपा फुटेर देश अस्थिरता तिर गएको एमाले केन्द्रिय परिषद सदस्य राजु प्रसाद हरीजनले बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले सुस्ता गाउँपालिका कमिटीले आज सुस्तामा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै हरिजनले उक्त कुरा बताउनु भएको हो । उहांले अव माओवादी पार्टीमा वस्नुको कुनै औचित्य नरहेको बताउदै अब सबै क्रान्तिकारी बाम्पन्थीहरु एमालेमै सामेल हुन जरुरी रहेको धारणा राख्नु भएको थियो । त्यसैगरी आगामी चुनावमा सुर्यध्वजावाहक उमेदवारलाई विजयी गराउन का लागी गोलवद्द भएर अघि वढ्न जरुरी रहेको मा समेत जोडदिनु भएको थियो ।

सुस्तापालिका कमिटी अध्यक्ष ज्ञान प्रसाद पाठक ९सन्तोश० को अध्यक्षता र एमाले केन्द्रिय परिषद सदस्य राजु प्रसाद हरीजनको प्रमुख आतिथ्यतामा भएको अन्तरकृया कार्यक्रम बोल्नुहुदै नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष डोलराज भण्डारीले देश विकास र निकासको लागी केपी ओलिको नेतृत्व रहेको एमाले पार्टीले मात्र सक्नेहुदा सवैजना एमालेमै रहेर अघि बढ्न पर्ने आजको आवश्यकता रहेको भन्नुभएको थियो।

पुर्व माओवादी त्यागी एमालेमै रहेकाहरुको अधिकाश सहभागीता रहेको कार्यक्रममा सुस्ता गापा वडा नं २ का वडाअध्यक्ष कृष्णलाल मुखियाको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रममा ,गाउापालिका अध्यक्ष राम प्रसाद पाण्डेय, उपाध्यक्ष्ँ ईन्द्रकुमारी थरुनि, जिल्ला सदस्य धन बहादुर,नेतिराम चौधरी ,सिमा गिरी ,महातम हरिजन लगाएतले सुस्तामा भएका विकासहरुको चर्चा एवम संगठनको गतिविधिहरुको विषयमा आ–आफ्ना भनाईहरु राख्नु भएको थियो।
कार्यक्रम राष्ट्रिय युवा संघका नेता हरिलाल दुषाधले सन्चालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.