Jilla Ban Notis

सुनवलमा रक्तदान कार्यक्रम सम्पन्न्

0 55

गौरीशंकर जयसवाल
परासी ३१ असार
पश्चिम नवलपरासीको सुनवल नगरपालिकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुनवल नगरपालिकाको वडान २ मुखियाटोलमा रहेको धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कोरोना महामारीको बेलामा जिल्लामा रगतको अभाव हुन सक्ने मध्ये नजर गर्दै रगत अभाव हुननदिन उदेश्यले उक्त रक्त दान कार्यक्रम गरिएको संस्थाकि अध्यक्ष धनमाया गौतम क्षेत्रिले जानकारी दिईन ।
संस्थाकी अध्यक्ष धनमाया क्षेत्रिको अध्यक्षता तथा नेपाल रेडक्रस जिल्ला शाखा सभापति राजेन्द्रप्रसाद अग्रहरीको प्रमुख अतिथिथ्यतामा भएको रक्तदान कार्यक्रममा सुनव उपशाखाका सभापति गोपाल लामिछाने ,महाकवि देवकोटा क्याम्पसका कृष्णप्रसाद लामिछाने ,सुनवल खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष बलबहादुर थापा सहकारीका व्यवस्थापक कृष्ण गौतम लगायतले बोल्दै रक्तदान जीवन दान भएकोले रक्त दान गरेर मानव जिवनको रक्षाको निम्ति भएकोले सबै मिलि रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए ।
बृहत रक्तदानमा सहकारी संस्थाका सदस्य अन्य व्यक्तिहरू गरि १५ जनाले रक्त दान गरेको अध्यक्ष क्षेत्रिले बताईन ।

Leave A Reply

Your email address will not be published.