Jilla Ban Notis

राष्ट्र निर्माणमा अपाङ्गता भएकाहरुको पनि भुमिका रहन्छ ः विश्वकर्मा

0 23

एम राना

देवदह,मंसीर–१७

अपाङता भएकाले पनि राष्ट्र र समाजका लागि योगदान पु¥याउन सक्ने प्रतिनिधीसभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । हिनतावोध नगरी अघि बढने हो भने सवलाङले जस्तै अपाङगता भएकाहरुले जीवनलाई सफल बनाउन सक्ने भन्दै विश्वकर्माले समाजले पनि त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । अपाङहरुका निम्ती राज्यले नियम कानुन बनाएको बताउदै उहाले त्यसलाई व्यवहारमा उतारेर अपाङमैत्री समाज निर्माण गर्ने तर्पm सरकार लागि परेको बताउनु भयो । उहाले भन्नु भयो – “ केही अप्ठयाराहरु छन । परिचपत्र वितरणको क्षेत्रमा,सेवा सुविधा प्रवाहा गर्ने सवालमा केही असमञ्जस्यता छन । त्यसलाई नितिगत रुपमा व्यवस्थापन गर्न सरकार प्रतिवद्ध छ ।” १४ औं अपाङता दिवसको अवसरमा अपाङ सेवा समाज देवदहले गरेको न्यानो कपडा वितरण कार्यक्रममा वोल्दै विश्वकर्माले समतामुलक र सम्वृद्ध समाज निर्माण गर्न सवै वर्ग समुदायको समान विकाशमा सरकारले जोड दिने बताउनु भयो । समाजका अध्यक्ष ईन्दीरा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसमा सदस्य डा।कृष्ण न्यौपाने,वलराम चापागाई,सञ्जु शाही लगायतले वोल्नु भएको थियो । कपडा वितरणमा देवदह नगरपालिका र द लेप्रोसी मिसन नेपालले सहयोग गरेको समाजले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.